![](http://www.samadarshisanchar.com/wp-content/uploads/2022/03/0B722614-2061-41E4-A5DC-F88B7E986954.jpeg)
कमल, २ चैत्र । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि बिहिबार हुनेछ ।
फाइनल खेल रेडहर्ष फुटबल क्लब इलामलाई हराउँदै फाईनल प्रवेश गरेको टेम्के फुटबल क्लब र धुलाबारी फुटबल एकाडेमिलाईपराजित गर्दै फाइनलको यात्रा तय गरेको एपीएफ पकली सुनसरीबीच हुनेछ ।
![](http://www.samadarshisanchar.com/wp-content/uploads/2022/03/apf.jpg)
एपीएफ पकली सुनसरीका खेलाडीहरु
फागुन २५ गतेदेखि सुरु भएको प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनल खेल विजेताले नगद २ लाख सहित ट्रफि, मेडर रप्रमाण पत्र पाउनेछ ।
प्रतियोगितको उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।
![](http://www.samadarshisanchar.com/wp-content/uploads/2022/03/tmke.jpg)
टेम्के फुटबल क्लबका खेलाडीहरु
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ ।
प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा दिनको ठिक २ बजे बाट सुरु हुने आयोजक समितिले जनाएको छ ।