बुधबार, २८ कार्तिक, २०८१ 

किरात संग्रहालय तथा क्लवको ब्याडमिन्टनका लागि वजेट माग

कमल,१ चैत । झापाको कमल गाउँपालिका –४ मा रहेको नवज्योति सयपत्री क्लबको एक टोलीले विभिन्न योजनाको वजेट माग राख्दै १ नम्वर प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

क्लवको पदाधिकारी, सदस्य तथा सरोकारवाला पक्षको समेत सहभागिता रहेको एक टोलीले सोमबार प्रदेश १ कार्यालय विरानटनगर पुगेर सम्बन्धित मन्त्रालय समक्ष त्यस्तो माग पत्र बुझाईएको क्लवका अध्यक्ष भिम अधिकारीले बताए ।

क्लवले निर्माण शुरु गरेको ब्याडमिन्टन कोर्ट तथा सोहि वडामा अवस्थित किरात भवन तथा सङ्गग्रालय निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको उनले जनाएका छन् । टोलीले आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङवो लगायतका सरकारी अधिकारीसँंग भेट गरी मागपत्र बुझाएका थिए ।

टोलीमा कमलका राजनीतिक तथा सामाजिक व्यक्तित्व हुकुमसिङ राई, माओवादी केन्द्र कमलका अध्यक्ष रबिन गुरुङ, कांग्रेस प्रदेश सभा (क ) का कोषाध्यक्ष बदी राई, कमल ४ का कांग्रेस सभापति सागर राई ,जितेन राई लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।