शुक्रबार, ०७ बैशाख, २०८१ 

फालेलुङमा जसपाको पार्टी समायोजन कार्यक्रम सम्पन्न

पाँचथर, चैत १५ । जनता समाजवादी पार्टी नेपालले शनिबार पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

जसपाको फालेलुङ गाउँपालिका कार्य समितिको आयोजनाका भएको सो कार्यक्रम पार्टीका गाउँपालिका अध्यक्ष राजकुमार मादेनको अध्यक्षता, जसपाका केन्द्रीय सदस्य एवं प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु उमेश थापा (प्रदेश १ उपाध्यक्ष), मचिन्द्र प्रसाद वेघा र पार्टीका विज्ञ परिषदका केन्द्रीय सदस्य राजेन्द्र कुमार जवेगुको विशेष आतिथ्यता रहेको थियो ।

पार्टीका जिल्ला सदस्य एवं फालेलुङ इन्चार्ज जनम राईको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि चाम्लिङले संविधान संसोधन गर्ने सर्तमा मात्रै जसपा सरकारमा सहभागी हुने बताएका थिए । पछिल्लो समय पहिचानवादी दलहरुले उठाएका मुद्धाहरुलाई कमजोर वनाउँन राज्यसत्ताले श्रृङ्खलाबद्ध रुपमा मौलिक साँस्कृतिक सम्पदाहरु माथि आक्रमण गर्दै आएकोमा पार्टीको ध्यान आर्कषण भएको बताउँदै यसका विरुद्धमा सबै पहिचानवादी दलहरु एकजुट हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा वक्ताहरुले दुई तिहाई बहुमत प्राप्त सरकारको पछिल्लो गतिविधी हेर्दा सरकारको मनोबल गिरेको र समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा यो सरकारबाट अपेक्षा गर्न नसकिने स्पष्ट पार्र्दै पहिचान स्थापित गर्नका लागि जसपा शक्तिको बिकल्प नभएको बताएका थिए ।

फालेलुङ ३ मा रहेको फकेथुङ् बजारमा आयोजित सो कार्यक्रममा जसपा र संघीय लिम्बुवान पार्टी नेपालबीच समायोजन भएको थियो । सोही अवसरमा दर्जनौ नयाँ कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए । कार्यक्रम पार्टीका गाउँपालिका सचिव तेजेन्द्र आङथुपोले गरेका थिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।