बुधबार, ०५ बैशाख, २०८१ 

मुटु बिझाउँने एउटा प्रेमपत्र

मुटु बिझाउँने एउटा प्रेमपत्र

प्रिय,
आज धेरै समयको अन्तरालपछि तिमिलाई एउटा प्रेमपत्र लेख्दैछु । थाहा छैन यसलाई प्रेमपत्र भनिन्छ या अरु केहि…
बालापन तर्फ फर्किएर यसो हेर्दा तिम्रो निश्चल मुहारको प्रतिबिम्ब सम्झनामा छल्किएर आउँछ । तिमीले लगाएको सेतो कुर्तासलवार, अनि इलामको बारबस्ती देखि मरब क्याम्पससम्म तिमीले प्रत्येक विहान चालेका कदमहरु आजै जस्तो लाग्छ । यस्तो लाग्छ कि अहिले दौडिएर ती गोरेटाहरुलाई मायाले सुम्सुम्याई रहुँ । जहाँ वर्षौ सम्म तिम्रा कोमल पाईतालाहरुले मायालु स्पर्श गरेका थिए । तिम्रा मसिना नरम हातका औलाहरुले स्पर्श गरेका चियाका पातहरुमा तिम्रो मायाको सुगन्ध अझै होलान् जस्तै लाग्छ ।

हुन त माया, एउटा विश्वास न हो । हुन त सम्झना, एउटा तिर्सना न हो । तिमीले टेकेका धुलाका कणहरु बर्खायामको भेल, माईखोलाको कन्चन पानी हुदै बग्दै बग्दै आएर आज मैले हिडेका मैदानका सडकहरुमा मेरै पाइलाहरुसँग स्पर्श साट्दै नहोलान् भन्न पनि कसरी सकिन्छ र प्रिय ।

प्रिय तिम्रो सम्झना पनि यति जबरजस्त भएर आईरहेका छन् कि साउनेझरीमा माईखोलाले भएभरका खोलाखोल्साहरु आफुमा समाहित गरेर बेपर्वाह बगे झै । तिमीले लजाउँदै, गाला रातोपिरो बनाउँदै रातै चिया बनाएको पहिलो र अन्तिम पटक पिएको त्यो तिम्रो हातको हुक्वा (परिकार) चियाको स्वाद यो जिब्रोले अझै सम्म विर्सेको छैन । मनमनै असाध्य मन पराएर पनि, असाध्य माया गरेर पनि भन्नै नसक्ने, देखाउँनै नसक्ने तिम्रो मुटुसँग घरीघरी रिस उढ्छ मलाई । अनि तिमीलाई म माया गर्छु भनेर धेरै पटक जिद्धि गर्न नचाहने मेरो स्वाभिमान प्रति घरि घरि दुःख लाग्छ ।

सायद तिमि लजाएर तर्केर हिडिरहेको वेला मैले तिम्रो हातसमाएर आफुतिर तान्दै एकपटक मेरो मनको कुरा भनेको भए के हुन्थ्यो होला । तिमीले पनि त मेरो हातको स्पर्शको आशामा परपर सम्म भाग्दै गयौं होला । साच्चै समय कति बलवान छ है .. समयको त्यो एकै झड्काले आज हाम्रो जिन्दगीमा पुरै बदलाब ल्याईदियो । तिमी कहाँ छौ के गर्दै छौ …. मैले जसरी नै तिमीले पनि मुटुको कुनै कुनामा सम्हालेर राखेकि हौंला । विहानी शीतको थोपा सँगै विलीन हुन नदिइकन । साँझ अस्ताउँने घामसँगै अस्ताउँन नदिईकन । सायद हरेक विहान तिमीसँगै बिउँझन्छन् होला मेरो सम्झनाहरु, तिमीसँगै निदाउँछन् होला मेरा मायाहरु …अझैपनि उसैगरी तिम्रो नयन भरी भरी छल्किरहेका होलान् मेरो मायाहरु .. मायालु कान्छि तिनै मायाहरु बटुलेर बनाएको यो भिडियो लाखौं लाख प्रेमी प्रेमीका सम्म पुगोस् है ल ….

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।