![](http://www.samadarshisanchar.com/wp-content/uploads/2021/03/modale-wash.jpg)
कलाकार करिश्मा क्षेत्री, अर्थात ठूला ठूला चहकिला गाजलु आँखाहरु, मिलेको नाक अनि ओठमा सजिएका मोहनीलो मुस्कान अनि हलक्कै बढेको सबैलाई लोभ्याउँने ज्यान । करिश्मालाई नाटकले असाध्यै लोभ्यायो । २०७६ मा कृष्ण ढकालको ‘‘लेकैमा फुल्ने’’ बोलको गीतको म्युजिक भिडियोबाट अभिनयमा डेब्यू गरेकी क्षेत्रीले चङ्गा उडेझै, पूर्वैमा राम्रो इलाम, फुल भनौ कि तिमीलाई, आनाकानी किन हौं ठूली लगायतमा अभिनय गरिसकेकी छिन् ।
![](http://www.samadarshisanchar.com/wp-content/uploads/2021/03/kkk.jpg)
रङ्गकर्म क्षेत्रमा करियर वनाउँन चाहने उनले यसअघि बिष्णु मोत्तानको निर्देशनमा खुवालुङ, प्रतिगमन जस्ता खुल्ला नाटकहरुमा अभिनय गरीसकेकी छिन् । निकट भविश्यमा मञ्चन हुनेगरी साहित्यकार जनकऋषि राईको कथा संग्रह ‘बस्ती भित्र’को कथा ‘कुमार मामा’का लागि अभ्यास गरिरहेकी छिन् । जसमा बिष्णु मोक्तानको नाट्य रुपान्तरण एवं निर्देशन रहेको छ ।
![](http://www.samadarshisanchar.com/wp-content/uploads/2021/03/kae.jpg)
रङ्गभूमी एकाडेमी धरानमा सदस्य एवं कलाकारको रुपमा आबद्ध भएकी उनले आफ्नो गुरु बिष्णु मोक्तानलाई प्रेरणाको स्रोत मान्छिन् । मानविय जीवनको वास्तविक कथामा आधारित नाटकहरुमा अभिनय गर्ने उनको रुची रहेको छ । नृत्यमा समेत दख्खल राख्ने उनी बास्केटबल पनि खेल्ने गर्दछिन् ।
उनी रङ्मञ्च क्षेत्रमा निरन्तर लाग्न चाहने इमान्दार र जिज्ञासु विद्यार्थी भएको उनका गुरु बिष्णु मोक्तानको भनाईरहेको छ ।
पुख्र्यौली थलो खोटाङ भएपनि करिश्माको जन्म धरानमा भएको हो । धरानलाई नै कर्मथलो रुपमा लिएकी उनले नाट्य क्षेत्रमा नै भविश्य खोज्ने स्रोत भएको बताउँछिन् ।
![](http://www.samadarshisanchar.com/wp-content/uploads/2021/03/karisma-1-copy.jpg)