सोमबार, १२ चैत, २०८० 

खुवालुङलाई छुने प्रयास गरेमा हामी प्रतिकारमा उत्रन्छौं – चाम्लिङ

पछिल्लो समयमा राजनैतिक अस्थिरता बढ्दै गएको छ । पानी धमिलो पारेर माछा मार्न उद्धत राज्यले आदिवासी जनजाति आस्थाको धरोहर खुवालुङ भत्काएर पानीजहाज संचालन गर्ने तयारी रहेको जानकारी भएपछि त्यसका संरक्षणका निम्ति सरोकारवालाहरुले चर्को आवाज उठाउन थालेका छन् । यसै विषय र समसामयीक रानीतिक विषयमा जनता समाजवादी नेपालका केन्द्रिय सदस्य एवं प्रदेश १ अध्यक्ष प्रविन चाम्लिङसँग समदर्शी सञ्चार अनलाइनले गरेको कुराकानीः

जनता समाजवादी पार्टी नेपालले अहिलेको राजनैतिक अस्थीरताका बीच कस्तो भुमिका निर्वाह गरिरहेको छ ?

जनता समाजवादी पार्टी जिल्ला समायोजनको गतिबिधिमा अगाडी बढी रहेको छ । पार्टी एकता र पार्टी मजबुत गर्ने अभियानमा लागिरहेको छ । नेपाली राजनीतिको धुर्वीकरणको अवस्थामा जनता समाजवादी नेपाली राष्ट्रियता अखण्डतालाई जोगाउनका लागि अहिले नेपाली राजनीतिमा जुन तरलता आएको छ । सार्वभौमसत्ता जोगाउन जनता समाजवादी पार्टीको अहम भुमिका रहने कारणले सोच विचार सहित राष्ट्रिय राजनीतिमा अग्रसर भईरहेको छ । नेपाली राजनीतिमा देखिएको अस्थिरताको बीचमा हाम्रो पार्टीले भर्खरै संसदीय दलको बैठक बसेर सबै दलसँग भावी नेपाली राजनीति, सदन, सरकारको मुभमेन्टलाई कसरी अगाडि बढाउँने भन्ने विषयमा छलफल र सहकार्य गर्ने भन्ने निर्णय गरेको छ र पार्टीको मुलभुत कुरा पनि यहि हो ।

पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्ने सर्तमा जसपा सरकारमा जान लागेको भन्ने चर्चा छ । सरकारमा जाने हो ?

सरकारमा जानै हुदैन भन्ने कुरा पनि होइन र जानै पर्छ भन्ने पनि छैन । मेरो व्यत्तिगत धारणा भन्ने हो भने अहिले जसपा सरकारमा जानु हुदैन । तथापी राष्ट्रिय राजनीतिकलाई नियाल्दा र पार्टी संगठनलाई पनि फाइदाको दृष्टिकोणले हेर्दा जस्तो रेशम चौधरीलाई रिहा गर्ने कुरा भयो र अन्य कुरालाई मध्यनजर राख्दा पार्टीको मूल, नीति, सिद्धान्त, विचारलाई फाइदा पुग्छ भने, संविधान संसोधन हुने अवस्था भयो भने सरकारमा जादा फरक पर्दैन ।

जसपा पहिचानवादी पार्टी हो भन्नुहुन्छ । पहिचानको मुद्दामा कतिको ससक्त उभिएको छ ? यो पार्टी ।
पहिचान सहितको संघीयता हाम्रो मूल नारा नै छ । वैचारिक रुपमा हामी ससक्त नै छौं । पहिचान सहितको संघीयतालाई सस्थागत गराउँनका लागि लागि परेका छौं । हाम्रै सभासद राजेन्द्र श्रेष्ठको पहलमा मातृभाषाको पठनपाठ सरकारी रकमबाट अध्यापन गराउँने भन्ने कुरा सदनबाट पास गराएको छ । जति पनि पहिचानका कुराहरु छन् त्यसलाई स्थापित गराउँन हामी ससक्त रुपमा लागि रहेका छौं ।

नेपाल धर्म निरपेक्ष राष्ट्रिय घोषणा त भयो तर जनताले यस्तो अनुभूति गर्न पाएका छैनन् । पछिल्लो समयमा आदिवासी जनजातिको सास्कृतिक सम्पदा माथी एकपछि अर्को आक्रमण भईरहेको अवस्था छ । पछिल्लो समयमा पानी जहाज चलाउँने भनेर किरातीहरुको आस्थाको धरोहर खुवालुङ भत्काउँने प्रसङ्ग चलिरहेको छ । यस विषयमा पार्टीको दृष्टिकोण के छ ?

खुवालुङ किरात सभ्यताको चिनारी हो । खुवालुङबाट किरातीहर भिविन्न क्षेत्रमा छुट्टिएर गएको भन्ने ऐतिहासिक किम्बतन्तीहरु छ । खुवालुङ भनेको किरातीहरुको आस्थाको धरोहर हो । प्रधानमन्त्रीले विराटनगरको अभिव्यक्तिमा खवालुङ नै त भन्नु भएन तर बुज्दा वहाँले भन्न खोज्नु भएको खुवालुङ नै हो । बुज्नमा आएको कुरा के छ भने काठमाण्डौमा पानीजहाजको कार्यालय स्थापना भएको छ । त्यो कार्यालयबाट खुवालुङ फुटाउनको लागि ११ लाख बजेट छुट्टिएको छ । त्यतिले नपुग्ने भएको कारण त्यहाँको उपभोक्ता समितिले त्यो रकम नलिएको अवस्था छ भन्ने पनि बुज्नमा आएको छ । प्रदेश १ मुख्य मन्त्रीले सरकारी निकायबाट खुवालुङ फुटाउँने निर्णय भएको छैन भन्नु भएको छ तर पानीजहाजको कार्यालयमार्फत बजेट छुट्टिएको कुरा आएको छ । तथापी राज्यले विकासको नाममा आदिवासी जनजातिको आस्थाको धरोहरलाई नष्ट प्रयत्न भएको छ । चाहे जे भएपनि त्यो गलत छ । पानीको वहावलाई कटाएर पानीजहाज संचालन गर्न सक्ने ठाउँ हामीले देखेका छौं । चतराको त्रिवेणी घाटमा । यदी त्यसलाई भत्काउँनै खोजेको हो भने त्यो गलत पार्टीको प्रदेश १ को तर्फबाट सार्वजनिक रुपमा बिज्ञप्ती निकाली सकेका छौं । पहिचानका कुराहरु खुवालुङ मात्रै होइन अरु सबै कुराहरु कुनैपनि राज्यसत्ताले नष्ट गर्न मिल्दैन । नष्ट गर्न खोज्छ भने हाम्रो पार्टी त्यसको प्रतिकार गर्छ । हामी चट्टानी रुपमा हामी उभिन्छौं । खुवालुङको संरक्षणका लागि मेरो मातहतमा रहेको जनसंगठनहरुलाई ससक्त रुपमा उभिन अनुरोध गर्छु । राज्यपक्षलाई पनि आदिवासीको पहिचानका कुरा नष्ट नगर्न अपभ्रंश नगरीदिन अनुरोध गर्छौं ।

तपाईहरु पहिचानको पक्षमा छौ भन्नु हुन्छ । आदिवासी जनजातिका सास्कृतिक सम्पदाहरु राज्यले नष्ट गरिसक्यो अपभ्रंश गरी सक्यो केही गर्न सक्नुभएन ।
यो हिजको दिनको कुरा हो । अब हाम्रो पार्टी आइसकेपछि हामी अपभ्रंश भएकालाई सुद्धिकरण गर्ने र पहिचानको कुरालाई पहिचान गरी त्यसलाई पहिचान कै रुपमा स्थापित गराउँने छौं । त्यसका लागि हामी योजनाबद्ध रुपमा लाग्ने छौं । हिजका कालखण्डमा मुकुलुङलाई पाथीभरा, फक्ताङलुङलाई कुम्भकर्ण र चोमोलुङमालाई सगरमाथा वनाउने कार्य भएको छ । गाउँघर, देवीदेउराली शक्तिकेन्द्रहरुको नाम परिवर्तन गरी अपभ्रंश गराइएको छ । पहिलाकै नाम स्थापीत गराउँनका लागि हामी लागि रहेका छौं ।

अन्तराष्ट्रिय स्तरको कुरा गर्ने हो भने यस्ता किसिमका पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण संबर्धन गरी पयटकिर्य क्षेत्र बनाउँने, आर्थिक उपार्जको बाटो बनाउँने कार्य भएको देखिन्छ । नेपालको सन्र्दभमा आदिवासी जनजातीको पुरातात्विक महत्वलाई नष्ट गर्ने रणनीति विकास भएको छ । यसमा तपाईको नीजि विचार के छ ?

हो युरोपियन मुलुकहरुले, अमेरिकनहरुले पुरातात्विक सम्पदाहरुलाइृ जस्ताको तस्तै व्यवस्थापन गर्ने, पुनरुथ्थान गर्ने र त्यसलाइृ त्यहिको अस्तित्वमा संरक्षण गर्ने गरेको पाइन्छ । नेपालमा त्यसको ठिक उल्टो पहिचानका पुरातात्विक कुराहरुलाई नष्ट गरेर जतिसक्दो चाडो नामेट गराउँने सरकार जानेर वा नजानेर उद्धत देखिन्छ । यो पहिचान प्रतिको प्रहार भएको होकि भन्ने अनुमान गर्न सकिन्छ । यो के पनि हो भने रामायणमा कथा पढ््नुपर्छ– रामण मर्ने वेलामा रामलाई भनेछः राम तिमी भन्दा विद्धान पनि छु । उमेरमा पनि माथी छु । सम्पन्न पनि छु । सारा कुरा त भन्दा म हजार गुना माथी छु तर एउटै कुरा तेरो भाई त सँग छ । मेरो भाई म सँग छैन । त्यसैले मेरो हार भयो । त्यसैको सारमा हेर्ने हो भने हाम्रो पहिचान माथी यसरी प्रहार हुनुमा राज्यसक्ताले हाम्रै आदिवासी जनजाति दाजुभाईलाई विभिषण भुमिका दिएको छ भन्ने लाग्छ । किन भन्दा मुख्य मन्त्री कुनै सरकारी निकायबाट ढुङ्गा फुटाउने निर्णय भएको छैन भन्ने त्यहाको उपभोक्ता चै पानीजहाजको कार्यलयबाट ११ लाख दिएको अपुग हुनाले नल्याएको हो भनेर भन्छ भने हाम्रै आदिवासीजनजातिहरुले विभिषण भुमिका खेलेको देखिन्छ । त्यसकारण भाईफुटे गवार लुटे भन्छ । म यहि मिडियाबाट सम्पूर्ण आदिवासी जनजाति दाजुभाईहरुलाई हामी जुनसुकै विचार वा सिद्धान्तमा हामी हिडेको भएपनि आफ्नो सम्यता, संस्कृती र पहिचान जोगाउनको लागि एकठाउँमा उभिन अनुरोध गर्दछु ।

अन्त्यमा, सास्कृतिक सम्पदा कै कुरा गर्दा आदिवासी जनजातिहरु मृत्यू संस्कारसँग जोडिने चिहान भत्काएर मदन भण्डारी रंगशाला निमार्ण गर्ने प्रयत्न असफल हुन लाग्दा वन फडानी गरेर भएपनि मदन भण्डारी रंगशाला निमार्ण गर्ने कुरा आएको छ । यमसमा पार्टीको धारणा के छ ?

आदिवासी रंगशालाको स्थापना कालदेखि नै सल्लाकार सदस्य हो । आदिवासी रंगशाला निमार्ण गर्ने सर्तमा आदिवासीहरुको चिहान भत्काउँने सहमती भएको हो । आदिवासीहरुले जे चाहन्छ त्यहि हुन्छ भनेर चिहान भत्काउँने सहमती भएको हो तत्कालिन ससस्त्र प्रमुख गणेश ठाडा मगरसँग । वहाँ सगै आदिवासी रंगशाला बनाउने सहमती गरेका हो । प्रतिष्ठान पनि दताृ भई सकेको अवस्था हो । अहिलेको राष्ट्रपती विद्यादेवि भण्डारी तत्कालिन रक्षामन्त्री हुनुहुन्थ्यो वहाँले आदिवासी रंगशालाकै नाममा शिलान्यास गर्नु भएको हो । केपी ओली प्रधानमनत्री भईसकेपछि त्यसलाई मदन भण्डारी रंगशाला बनाउँने प्रयत्न गरियो । हामी त्यसको विरुद्धमा थियौं, हामीले पटक पटक भन्यौं हाम्रा पिता पुर्खाका चिहान भत्काएर बनाइएको हो । हाडखोरहरु अझै छ । यसरी आदिवासी जनजातिको भावना माथी खेलवाड नगरियोस् । हामीले पटक पटक प्रश्न उठायौं । जहाँ खस आर्यका साथीहरुले दाहसंस्कार गर्ने माइधारमा आर्यघाट छ , त्यहाँ मन्दिर बनाउँ भन्दा आर्य साथीहरुले के प्रश्न उठाउँनु हुन्छ ? केपी ओलीले भन्नुपनि भयो यहाँ आदिवासीले मात्रै खेल्ने हो र ? हामी पनि मदन भण्डारी रंगशालामा भण्डारीहरुले मात्रै खेल्ने हो भनेर प्रश्न गर्न सक्थ्यौं तर हामीले गरेनौं । त्यसैले सुरुमा जे सहमती भएको त्यसैलाई कार्यान्वयन गर्नुपर्छ । हामीले बारम्बार खबरदारी गरीरहेका छौं । अर्को कुरा आदिवासीले मदन भण्डारी रंगशाला बनाउन दिएनन् भनेर हम्सेदुम्से वन फडानी गरेर मदन भण्डारी रंगशाला बनाउँने भनेर क्याविनेट स्तरमा निर्णय भईसकेको भन्ने सुनेको छु । दमकमा रंगशाला बनाउनु राम्रो कुरा हो तर रंगशाला बनाई राख्दा निक्कै ठूलो मात्रामा ४५/४६ विगा वन फडानी गर्नु उचित हुदैन । बनाउँनै पर्यो भने पनि अर्कै ठाउँमा जग्गा व्यवस्था गर्न सकिन्छ । पयाृवरणीय दृष्टिकोणले त्यो खतारापूर्ण रहेको छ । तर हामी केपी ओली जस्तो छैनौं । विकास विरोधीको ट्याग पनि लाग्ने गरेको छ । जहाँ जेको नाममा काम सुरुवात गरिएको छ । त्यहाँ त्यसैको नाममा बनिनुपर्छ भन्ने हो । आदिवासी रंगशालाको लागि हामी अन्तिम सम्म लड्छौं ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।