मङ्गलबार, ०४ बैशाख, २०८१ 

फोनिज प्रदेश नम्बर १ को दोस्रो प्रदेश भेला सम्पन्न

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनज) प्रद्येश नम्बर १ समितिको दुई दिने भेला महत्त्वपूर्ण १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सुनसरीको रामधुनी नगरपालिकास्थित वडा नम्बर ७ को रसा तालमा फागुन २१ र २२ गते भएको भेलालाई फोनिज सङ्घीय समितिका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, सचिवद्वय मिलन लिम्बू र कमन देवान लगायत फोनिज नेताहरुले सम्बोधन गरेका थिए ।

भेलाको उद्घाटनमा नेपाल पत्रकार महासंघ प्रदेश नं १ का महासचिव विवेक गौतम, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं १ का महासचिव तिलक राई, फोनिज प्रदेश १ इन्चार्ज दिपिन राई, नेपाल प्रेस युनियनका लीलाबल्लभ घिमिरे, प्रेस संगठनका लीलाराज भट्टराई, सङ्घीय प्रेस मञ्चका दिलकुमार लावती, प्रेस मञ्च, नेपालका राम योङ्हाङ, फोनिजका सङ्घीय सल्लाहकार सञ्जय सन्तोषी राई, सम्मानित अग्रज पत्रकार गोपाल देवान लगायतले बोलेका थिए ।

फोनिजका नेताहरुले आसन्न पत्रकार महासंघको निर्वाचनमा समावेशी प्रतिनिधित्वको लागि जोड दिएका थिए भने किरात समुदायको मुन्धुमी महत्त्वको क्षेत्र खुवालुङ अतिक्रमणको विरोध र थरुहट आन्दोलनका अुगवा रेशम चौधरीलाई रिहाई गर्नुपर्ने माग राखेका थिए । त्यस्तै उनीहरुले आदिवासी जनजाति समुदायका प्रथाजनित मूल्य र मान्यताहरुलाई राज्यले हस्तक्षेप गर्ने र नामेट पार्ने कार्यको विरोध गरेका थिए भने व्यवसायिक पत्रकारिताको प्रवद्र्धनका लागि फोनिजको आवश्यकता बारे औंल्याएका थिए ।

उद्घाटन शत्रमा प्रेस सेनानी स्वर्गीय याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार गोपाल देवानलाई पुरस्कृत गरिएको थियो भने स्वर्गीय लालबहादुर–विष्णुमाया राई पत्रकारिता पुरस्कारबाट सुप्रिया राईलाई पुरस्कृत गरिएको थियो । पुरस्कार राशी क्रमशः पाँच हजार दुई सय र १० हजार पाँच रहेको थियो ।

रुथानीय थारु साँस्कृतिक नृत्य र माझी साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा तामाङ सेलो समेत प्रस्तुत गरिएको थियो ।
भेलामा १४ जिल्लाका फोनिज प्रतिनिधिहरु, सङ्घीय समितिका पदाधिकारी र सदस्यहरु र अन्य अतिथि सहभागी थिए ।

फोनज प्रदेश १ को १४ बुँदे घोषणापत्र :
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को २०७७ फागुन २१ र २२ गते प्रदेश १ सुनसरीको ऐतिहासिक रामधुनी नगरपालिका वडा नं. ७ स्थित रासतालमा सम्पन्न प्रदेश भेलाले १४ बुँदे ‘रा.स. ताल घोषणा पत्र–२०७७’
१. नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्र, प्रदेश र जिल्ला तिनै तहका सबै पदहरुमा समावेशी प्रतिनिधित्व हुने गरी नयाँ समिति बनाउन सम्वन्धित सबैमा आग्रह गर्दछ ।
२. सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक प्रदेशभरका सबै सञ्चार माध्यममा लागू गराउन माग गर्दै स्वरोजगार सञ्चार माध्यमलाई सरकारको तर्फबाट आर्थिक सहुलियतको व्यवस्था गर्न तिनै तहका सरकार समक्ष माग गर्दछ ।
३. प्रदेश नम्बर १ मा मातृ (राष्ट्र भाषा) भाषामा प्रकाशन÷प्रशारण हुने सञ्चार माध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तिकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गरियोस् ।
४. राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा तीनै तहका साना ठूला लगानीका सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने व्यवस्था गदै अनलाइन, रेडियो र टेलिभिजनलाई समेत वर्गीकरणको दायरामा ल्याउन प्रेस काउन्सिल नेपालसँग यो भेला जोडदार माग गर्दछ ।
५. आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग माग गर्दछ ।
६. नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चारसम्बद्ध संघसंस्थालाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको अनुदान रकम फोनिजलाई हाल कटौती गरेकाले उक्त अनुदान उपलब्ध गराउन माग गर्दछ ।
७. समानुपातिक समावेशी प्रतिनिधित्व व्यवस्था अनुरुप सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोही अनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा कार्यान्वयन गरी समाचार कक्ष समावेशीताका लागि माग गर्दछ ।
८. प्रथाजनित कानूनहरुसँग बाझिएका कानूनहरु स्वतह खारेजी गर्न यो बैठक जोड्दार माग गर्दछ ।
९. सुनसरीमा राज्य तथा अन्य निकाय र व्यक्तिबाट अतिक्रमण गरिएको थारु जातिको ग्रामथानहरुको संरक्षणका लागि नेपाल सरकार र स्थानीय सरकारले कदम चालोस् भन्ने यो वैठक जोडदार माग गर्दछौं ।
१०. किराती मुन्धुममा आधारित ऐतिहासिक धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको खुवालुङ अतिक्रमण तुरुन्त रोक्न जोडदार माग गर्दछौ ।
११ सोलुखुम्बूको सेलु एफ.एम. र ताप्लेजुङ्गको दोभान बजारमा भएको आगलागी र क्षतिप्रति भेला दुःख ब्यक्त गर्दै सहयोग उपलव्ध गराउन सरकार र अन्य सहयोगि मनहरुसँग जोडदार माग गर्दछ ।
१२ सञ्चारकर्मी समेत रहेका राजनीतिक बन्दी रेशमलाल चौधरीलाई तत्काल रिहाइ गर्न भेला माग गर्दछ ।
१३ राष्ट्रिय सम्मानित इमानसिंह चेम्जोङ (रा.स.) ताल, शंकरबेली ताल, अमाह सिमसार, रामधुनी मन्दिर, ग्रामधान, थारु संग्रहालय र कोशीटप्पु जस्ता पर्यटकीय क्षेत्रलाई ब्यबस्थित गर्न तीनै तहको सरकारलाई माग गर्दछौ ।
१४. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को भेलामा आमन्त्रित प्रमुख अतिथि फोनिज संघीय अध्यक्ष डण्ड गुरुङ लगायत विभिन्न जिल्लाका प्रतिनिधि, बैठकमा सहयोग पु¥याउनु हुने सबैमा विस्तारित बैठक विशेष धन्यवाद व्यक्त गर्दछ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।