फागुन–२२ ताप्लेजुङ, ताप्लेजुङ मिक्वाखोला गाऊपालिका २, स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । आज दिउसो ३ बजे काम गरिएको अबस्थामा माथीबाट ढुंगा र माटो खसी किचेर उनिहरुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ट्याक्टरबाट लडी १ जनाको मृत्यु
भोजपुर, रामप्रसादराई गाऊपालिका ४ का ५१ बर्षीय ईन्द्र बहादुर राईको ट्याक्टरबाट लडी मृत्यु भएको छ ।
शुक्रबार साझ पौने ६ बजे को२ त ९६६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका राईको आज दिउसो सवा १ बजे नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर र चालक रुपन्देही सैनामैना बस्ने सागर गुरुङ प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।