आइतबार, ३१ भदौ, २०८० 

जनता समाजवादी पार्टीको झापा जिल्ला पार्टी समायोजन सम्पन्न

जनता समाजवादी पार्टी नेपालको झापा जिल्ला पार्टी समायोजन कार्य पुरा भएको छ ।

जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला पार्टी समायोजन गर्नका लागि केन्द्रिय कार्यकारिणी समितिले गठन गरेको कार्यदलले पार्टी समायोजनको निर्णय सार्वजनिक गरेको हो ।

दमकमा रहेको पाथीभरा होटलको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत सो विषयमा जानकारी गराएको हो । पार्टीका प्रदेश १ अध्यक्ष एवं केन्द्रिय सदस्य प्रविण चाम्लिङले समावेशी नेतृत्वलाई स्थापित गर्ने पार्टीको नीति अनुसार अप्पसंख्यक क्लस्टर राजवंशी समुदायबाट अनुतसिंह राजवंशीको नेतृत्वमा २२५ सदस्यीय जसपा झापा जिल्ला समायोजन समिति गठन गरेको जानकारी दिएको थिए ।

कार्यदलले विज्ञप्ती जारी गर्दै प्रदेश १ को १४ जिल्लाभरीमा झापामा समेत राजपा पक्षलाई नेतृत्व नदिदा पार्टी एकता र समायोजन प्रकृयाको मर्म र भावनामा ठेस पुग्ने साथै चुनावी मत परिणामको हकमा पूर्व समाजवादी पार्टी र पूर्व राजपाबीज झापा जिल्लामा मतअन्तर कम भएको हुदा राजपा तर्फको अध्यक्ष मागदावीलाई सम्बोधन गरेको जनाएको छ ।

कार्यदलले पुर्व दुई अध्यक्ष मध्येको दिपेनवाला राईलाई जिल्ला सवन्मय समितिको सह–अध्यक्ष वा प्रदेश १ समितिको सदस्यमा पदका लागि जिम्मेवारी प्रदान गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

कार्यदलमा प्रदेश १ अध्यक्ष एवं केन्द्रीय सदस्य प्रविण चाम्लिङ, केन्द्रीय सदस्यहरु सुर्यनारायण गणेश, शंकर राजवंशी, मानबहादुर राई, प्रमदिप थाम्सुहाङ, रामचन्द्र लिम्बु, विश्वनाथसिंह राजवंशी, पृथ्वी नारायण कार्की, मोहितलाल कामती पूर्व राजपा झापा जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी र सचिव देबेन्द्रकिशोर ढुङ्गाना रहेका छन् ।

जसपाको लेटरप्याडको प्रयोग भएकोमा ध्यानाकर्षण

यसैविच जनता समाजवादी पार्टी झापा जिल्लाको लेटरप्याड प्रयोग गरी साविक समाजवादी पार्टीका पधाधिकारीहरु भनी सार्वजनिक भएको विज्ञप्तीको सम्बन्धमा पूर्व समाजवादी र पूर्व राजपा झापा जिल्ला समितिका ११ जना पधाधिकारी ध्यानाकर्षण भएको जनाउदै विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा पार्टी समायोजन भएको कुरा झुटा हो भनी गरिएका प्रचार प्रसारमा कुनै सत्यता नभएको उल्लेख छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।