मङ्गलबार, ०४ बैशाख, २०८१ 

मेची नेत्रालय दमकमा मोतिविन्दु भएकाहरूकाे निःशुल्क शल्यक्रिया

दमक, १५ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ ।

मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो ।

यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली गाउँपालिका इलामको १ र ६ नम्बर वडामा, कमल गाउँपालिका झापाको २, ३ र ६ नम्बर वडामा र शिवसताक्षी नगरपालिकाको ११ नम्बर वडामा आँखा शिविर सञ्चाल गरेको थियो । सो शिविरमा करिव १५ सय जनाले सेवा प्राप्त गरेका अस्पतालको भनाइ छ ।

शिविर सञ्चालनका क्रममा भेटिएको मोतिविन्दु भएका ५३ जनाको शनिबार मेची नेत्रालय दमकमा शल्यक्रिया गरिएको हो । आँखाको पर्दा रोग विशेषज्ञ डा. शरदचन्द्र राई, डा. राजेश श्रेष्ठको टोलीसँगै मातृका आई फाउण्डेशनको प्राविधिक सहयोग रहेको थियो ।

मातृका आई फाउण्डेशन काठमाण्डौंको विशेष गरेर चश्मा÷कन्ट्याक्ट लेन्सहरू तत्काल र स्थायी रूपमा हटाउन लेजर आँखाको शल्यक्रिया प्रमुख सेवाको रुपमा रहेको छ । आधुनिक उपकरणहरू सहितको बाहिरी–बिरामी–उन्मुख सर्जिकल केन्द्र हो । सेवाहरूमा व्यापक आँखा समस्या अनुसन्धान, औषधि, थेरापी चश्मा÷कन्ट्याक्ट लेन्स र शल्यक्रियाहरू मार्फत उपचार समेत व्यवस्था रहेको छ ।

दमकमा नै पहिलो पटक अत्याधुनिक प्रविधिबाट बिना सिलाइ आँखाको पर्दा सम्बन्धी सम्पूर्ण सेवाहरू मेची नेत्रालयले १ वर्षअघिदेखि सुरु गरिसकेको छ । आँखाको जटील उपचार मानिने आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा अत्याधुनिक प्रविधिबाट सिलाई नगरी सल्यक्रिया गरी दमकमा पहिलो पटक सुरु भएको हो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।