कक्षा संचालन नेपाल विद्धुत प्राविधिक समुह प्रदेश १, ले यस क्षेत्रमा कार्यरत प्राविधिकहरुको थप क्षमता बृद्धि गर्ने उदेश्य राखी विभिन्न विषयमा निशुल्क सीपमुलक तालिम दिने भएको छ ।
CTEVT अन्तर्गतको Ensure प्रोजेक्टको सहयोगमा काम गर्दै आएका प्राविधिकहरुलाई CCTV एवं मर्मत, Ethical Haking र Printer मर्मत सम्बन्धी १ महिने (९६ घन्टे) तालिम दिन लागेको हो ।
आवेदन खुल्ला गरिएको सो तालिम यहि मिति २०७८ फागुन ४ गतेदेखि सुचारु हुने आयोजकले जनाएको छ ।
दमकमा १ सय जना, उर्लाबारी ४० र इटहरीमा ६० गरी जम्मा २ सय जना प्राविधिकहरुलाई क्षमता अभिबृद्धि तालिममा सहभागी गराउँने लक्ष्य रहेको कार्यसमिति सदस्य नोमेश राजवंशीले बताएका छन् ।
यस सीपमुलक तालिममा सहभागीले आफ्नो नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, दूई प्रति पासफोटो र आफु कार्यरत प्राविधिकको प्रमाण खुल्ने सिफारीस सहित आवेदन दिन पाउने प्रावधान रहेको छ ।
नेपाल विद्युत प्राविधिक समुह प्रदेश १, आ–आफुमा भएको सीपलाई आदान प्रदान गर्ने उदेश्यले स्थापना भएको संस्था हो । संस्थाले स्थापना भए यता रक्तदान कार्यक्रम, दिर्घरोगीहरुलाई सहयोग, लकडाउनमा विपन्न वर्गकालाई राहत वितरण जस्ता सामाजिक कार्य गर्दै आएको छ ।