बिहिबार, १५ चैत, २०८० 

प्रदेश १ का सीमा क्षेत्रमा ४२ वटा बिओपी स्थापना

The Armed Police Force (APF) Nepal and Indian Seema Suraksha Bal (SSB) jointly patrol the area along the Nepal India border, 1.5 kilometre east of Gaur, the district headquarters of Rautahat, on Friday, December 1, 2017. Photo: Prabhat Kumar Jha

प्रदेश नम्बर १ का सीमा क्षेत्रमा ४२ वटा बिओपी स्थापना भएका छन् । प्रदेश नम्बर १ मा ५० वटा बिओपी पुर्याउने लक्ष्य रहेकोमा अब तीन वटा बिओपी बाँकी रहेको छ । सीमा सुरक्षा मध्यनजर गर्दै सरकारले २०७६ मङ्सिर ३० गते देशभरि १ सय १४ वटा नयाँ बिओपी थप्ने निर्णय गरेको थियो ।

झापामा यसवर्ष ८ वटा बिओपी थप

झापामा यसवर्ष ८ वटा बिओपी थप गरिएको डिआइजी वंशीराज दाहालले जानकारी दिए । झापामा एकैपटक ५ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गरिएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले थपिएका ५ सहित जिल्लामा सशस्त्र प्रहरीको बिओपीको सङ्ख्या १७ पुगेको छ ।

प्रत्येक बिओपीमा प्रहरी निरीक्षक वा प्रहरी नायव निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी खटाइनेछ । यसअघि झापाको बाहुनडाँगी, काँकडभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौरीगञ्ज, घेरावारि, कुञ्जीबारी, भद्रपुर र पृथ्वीनगर गरी १२ वटा बिओपी स्थापना भइसकेको छ ।

चालू आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपालले झापामा ८ वटा बिओपी स्थापना गर्ने लक्ष्य लिएको र यसै आर्थिक वर्षमा यसअघि तीन वटा र बाकी ५ वटा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेट क्वाटर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । हरेक बिओपी ४ किलोमिटरको दूरीमा रहेको उनले बताए। बिओपी स्थापना भएसँगै जिल्लाको १ सय ४४ दशमलव २ किलोमिटर खुला सीमाबाट हुने आपराधिक क्रियाकलाप, चोरी तस्करी, सीमा अतिक्रमण जस्ता गतिविधि न्यूनीकरणका ल्याउन पोस्ट स्थापना गरिएको हो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।