शुक्रबार, ०७ बैशाख, २०८१ 

शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक

शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक
काठमाडौं, २ माघ । गायक शम्भू फोम्बो लिम्बूको पहिलो लिम्बू पाःलाम भिडियोमा सार्वजनिक भएको छ । ‘आनिङ्वा सुम् सुम्…’ बोलको गीत फोम्बोको आफ्नै शम्भू फोम्बोको आफ्नै युट्युव च्यानलमा सार्वजनिक भएको हो ।

शुक्रबार अनामनगरस्थीत नयाँअनलाइनको कार्यालयमा बालगायकगायिका केहेरसिंह लिम्बू र माङ्गेना कुरुम्बाङको उपस्थितिमा सार्वजनिक भएको हो । कार्यक्रममा भिडियोमा संलग्न कलाकार, प्राविधिक, गायकगायिका र निर्देशकको उपस्थिति थियो ।

सांस्कृतिक पुनर्जागरणको आवाज उठाइरहेका लेखक÷निर्देशक सागर केरुङले पाःलाम लेखन र गायनको संख्या बढेपनि व्याकरणीय कुरामा चुक्दै आएको कुरा बताएका थिए । कुनै पनि विधामा संख्या बढेपछि त्यसमा बहस हुने गरेको र एकरुपता हुुनुपर्ने केरुङको जोड थियो । त्यसैगरी पछिल्ला दिनमा गीतको अगाडिपछाडि संवाद तथा अभिनय जोड्ने प्रथा चलेको प्रसँग ल्याउँदै गीतले भन्न बाँकी छ भने संवादले पूरा गर्ने, गीतमै सम्पूर्ण कथा छ भने संवाद जोड्नुको अर्थ नरहेको पनि केरुङले बताएका थिए ।

लिम्बू र याक्खा जातिले मात्र गाउने पाःलाम र धान नाच्ने गर्दछन् । साइनो नलाग्ने युवायुवतीबीच एकअर्कामा हात समाई नाचिने पाःलाममा मायाप्रीतिका कुरा गरिन्छन् भने समसामयिक कुराकानी पनि हुने गर्दछ । कलाकार रुद्र पाहिम, कृष्णराज नेम्बाङ, सलमान थलङले अभिनय गर्दाको अनुभव बताएका थिए । जाडोको समयमा अभिनय गर्दा शरीरमा काँडा उम्रिएको कलाकारहरुको अनुभव थियो ।

गायक शम्भू फोम्बोले नेपाली तथा पूर्वेली लोकलयमा आधारित गीत गाउँदै आएकोमा यसपल्ट पाःलाम गाएर लिम्बू भाषालाई न्याय गरेको कुरा बताए थिए । सानैदेखि भाषा बोल्दै आएता पनि गीत पहिलोपटक अवसर पाएको बताए ।

भिडियोका निर्देशक लोकेन साँवा लिम्बूले भिडियो निर्माणको लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका https://www.youtube.com/watch?v=5x1z1i3BBRM

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।