सरस्वती पुजाको अवसरमा शिवसताक्षी १, धरमपुर झापामा रेन्बोल्याण्ड मन्टेश्वरीले उद्घाटन एवं अक्षाराम्भ कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार यसै शैक्षिक सत्रबाट कक्षा संचालनमा ल्याएको मन्टेश्वरीले एक औपचारिक कार्यक्रम गरी आफ्नो सेवा सुरु गरेको हो ।
मन्टेश्वरीको संस्थापक बिष्णुदेवी चेम्जोङको सभापतित्व, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्र कुमार सेर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा संस्थापक सरिता चेम्जोङले स्वागत मन्तव्य राखेकी थिइन् ।
आफनो क्षेत्रमा यसरी शैक्षिक क्षेत्रमा योगदान पुर्याउनका लागि मन्टेश्वरी स्थापना गरेकोमा खुशी व्यक्त गर्दै प्रमुख अतिथि सेर्माले नानीहरको प्रारम्भिक शिक्षा खेल्दै सिक्दै बमोजिम अगाडि बढाउन आग्रह गरेका थिए । स्थानिय क्षेत्रका साना नानीहरुलाई पायक पर्ने ठाउँमा मन्टेश्वरी संचालनमा आउदा अभिभावकहरुहरुलाई सहज हुने उनको भनाई रहेको थियो ।
समाजलाइ शिक्षित बनाउनका लागि शैक्षिक संस्था, शिक्षक र अभिभावकहरुको उत्तिक्कै महत्त्वपूर्ण भुमिका हुने भएकोले आफ्नै स्थानबाट समाजलाई शैक्षिक योगदान दिनु पर्ने सभापतीको भनाई रहेको थियो । सभा विसजर्न गर्दै सभापतीले भनिन् ‘‘ आगामी दिनमा अभिभावकहरुको साथ र विश्वासले नै हामीलाई अघि बढ्ने प्रेरणा दिनेछ । एकपटक विश्वास गर्नुहोस् । हामी तपाईहरुलाई कहिले पनि निरास बनाउँने छैनौं ।
तस्बीरमा कार्यक्रम