शुक्रबार, ०७ बैशाख, २०८१ 

पवित्रहाङमा कप एपीएससी माङसेबुङ र रोयल स्पोर्टिङ क्लब फाइनलमा

माङसेबुङ, १ फागुन । इलामको माङसेबुङमा जारी ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगितामा एपीएससी माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक फाईनलमा प्रवेश गरेको छ।

शनिबार भएको पहिलो सेमीफाइनलमा रोयल स्पोर्टीङ क्लब र धरान फुटबल क्लब सुनसरी २–१ गोल अन्तरमा पराजित गर्दै रोयल दमक उपाधि नजिक पुगेको हो।

रोयलकी दीपा साहीले खेलको ५ औं मिनेटमा पहिलो गोल गरेकी थिइन । फेरी २९ औं मिनेटमा रोयलले पाएको फ्रि किकले धरानकी सुनाली लिम्बूको हेटिङले आत्माघाती गोलमा परिणत भएपछि रोयलले अग्रता पाए।

खेलको वुमन अफ दी म्याच धरानकी सुस्मीता राई घोषित भएकी थिइन ।
धरानले खेलको मध्यान्तर समयमा पनि कुनै गोल गर्न सकेन। मध्यान्तर पश्चात खेलको ७ औं मिनेटमा वविता विकको उत्कृष्ट प्रहारले गोल भएपनि धरानका लागि निर्णयक बन्यो ।

यस्तै दोश्रो सेमीफाइनलमा एपी एस सी माङसेबुङ र माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी २–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाइलनमा प्रबेश गरेको छ ।

माङसेबुङकी लक्ष्मी ठटालले खेलको ३ मिनेटमा गोल गर्दै अग्रता दिलएकी थिइन । दोस्रो हाफमा २ औं मिनेटमा पुनः माङसेबुङकै लक्ष्मीले नै गोल गरी अग्रता दोब्बर बनाइन । यसरी लक्ष्मीले ११ औं पवित्रहाङमा कपमा ६ गोल गर्दै ह्याट्रीक गरिन ।

खेलको वुमन अफ दी म्याच चतराकी गंगा राई घोषित भईन । तियोगिताको विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन ।

आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, गाग्री भर्ने, माला उन्ने, चम्चा दौड, कराते लगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ । म्याराथुनमा प्रथम हुनेले ५ हजार १ सय ६५, दोस्रोले ४ हजार १ सय ६५, तेस्रोले ३ हजार १ सय ६५ र सान्तवना हुनेले २ हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

विगत वर्षहरुझैं यसवर्ष पनि मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा प्रतियोगिता संचालित छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।