आइतबार, ०६ असार, २०७८ 

झापाका भुटानी शरणार्थी वृद्धवृद्धाको विजोक

झापाको दमक–३ स्थित बेलडाँगी र पथरी शनिश्चरे–१० शनिश्चरेस्थित शिविरमा बाँकी रहेका शरणार्थी उपचार र हेरविचारको अभावमा चिन्तित हुन थालेका छन् । उनीहरूलाई संरक्षण गर्दै आएको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) को दमकस्थित कार्यालय पूर्णरूपमा बन्द भएपछि थप समस्या भएको हो । झापाका भुटानी शरणार्थी वृद्धवृद्धा, एकल, अशक्त, अपांगता भएकाको औषधोपचार र हेरविचारमा समस्या भएको हो ।

गत डिसेम्बरदेखि दमकको उक्त कार्यालय बन्द भएको छ । आफूहरूका लागि गाँस, बास र कपासको व्यवस्था गर्दै आएको कार्यालय नै बन्द भएपछि शरणार्थी वृद्धवृद्धा, एकल, अशक्त थप समस्यामा परेको उनीहरुको गुनासो छ । अहिले उनीहरूले गुनासो पोख्ने निकाय छैन । शरणार्थीले दातृ निकायबाट पाउने गरेका सबैखाले सहयोग पनि बन्द भएको छ ।

२८ वर्षदेखि भुटानी शरणार्थी नेपालमा छन् । यतिबेला उनीहरूको संख्या दुवै शिविरमा गरी ६ हजार ५ सय हाराहारी छ । उनीहरू भुटान फर्किने, नेपालमै बसोबास गर्ने वा तेस्रो देश पुनर्वास हुने भन्नेमा अन्योल छ । बेलडाँगी शिविरका सचिव कृष्णबहादुर लिङ्देनले भने– ‘कुनै निर्णय नै नदिई संरक्षण गर्दै आएको यूएनएचसीआरको दमक कार्यालय बन्द भएपछि अब के हुने भन्ने अन्योल कायमै छ ।’
भोकभोकै पर्ने अवस्था

अब भोकभोकै पर्ने अवस्था आएको पूर्वशिविर सचिव डीबी सुब्बाले बताए । दातृ संस्थाका कार्यालयहरू बन्द भएपछि बेलडाँगी शिविरमा मात्र करिब २ सय परिवार छाप्रोमा टालटुल गरेर बस्न बाध्य भएको उनको भनाइ छ । ‘दातृ संस्थाहरूले कुनै टुंगो नै नलगाई हामीलाई अलपत्र छाडेर गए,’ सुब्बाले भने, ‘यूएनएचसीआर थियो र, हामी उसको संरक्षणमा छौं भन्ने थियो । दमकबाट कार्यालय गएपछि अब त्यो अवस्था रहेन ।
जिम्मा लिने संस्था नै छैन

अमेरिका लगायत तेस्रो मुलुक पठाएर बाँकी रहेका शरणार्थीहरुको जिम्मेवारी नेपाल सरकारले लिइसकेको छैन ।’ भुटानबाट लखेटिएका नेपालीभाषी भुटानीहरू सन् १९९० को दशकमा नेपाल भित्रिएका थिए । यूएनएचसीआरको नेतृत्वमा विश्व खाद्य कार्यक्रम, लुथरन विश्व फेडेरेसन, कारितास र आईओएमलगायतका संस्थाहरूले उनीहरूलाई आवास, खाद्य, शिक्षा र स्वास्थ्यका लागि सहयोग गरेका थिए । दातृ संस्थाका दमकस्थित सबै कार्यालयहरू क्रमशः बन्द भएका छन् ।

पूर्वी नाका काँकडभिट्टाबाट करिब एक लाख नेपालीभाषी भुटानी नेपाल प्रवेश गरेका थिए । उनीहरूलाई स्वदेश फर्काउने विषयमा नेपाल र भुटानबीच १५ औं चरणसम्म वार्ता भए पनि सहमति भएन । शरणार्थीहरूको दीर्घकालीन समाधानअन्तर्गत सन् २००८ देखि युरोप र अमेरिका गरी ८ वटा पश्चिमा मुलुकमा पुनर्वास कार्यक्रम सुरु गरिएको थियो । सन् २०१६ को डिसेम्बरसम्म १ लाख १३ हजार बढी भुटानी अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका देशमा पुनर्वास भएका छन् । अब शिविरमा पुनर्वासमा छुटेका वृद्धवृद्धा, एकल, अशक्त, अपांगता भएकाहरू रहेका छन् । उनीहरुको विषयमा सरोकार निकायले चासो नदेखाएपछि थप समस्या भएको उनीहरुको गुनासो छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारमा निखारिएका एक सर्जक

मोरङ जिल्लाको उर्लाबारीमा रहेर साहित्य सिर्जना गरिरहेका छन् दिलिप राई सगर । पछिल्लो समय गीतलेखनमा बढि लगाव दिइरहेको सागरले मलेसियामा रोजगारको लागि पुग्दा बढि साहित्यलाई मलजल गर्न गराउन पाए । मलेसियामा रहँदा केस्रा नामक साहित्यिक...

निरन्ताको पालम ‘लाम्देम्बा मिम्जी’

गायिका निरन्ता नेम्बाङले लकडाउन बाबजुट ‘लाम्देम्बा मिम्जी’ पालम सार्वजनिक गरेकी छिन् । पछिल्लो समयमा लिम्बु समुदायको संस्कृतीमा आधारित पालम, हाक्फारे साम्लो गाएर लोकप्रियता हासिल गर्दै गरेकी नेम्बाङले आफ्नै शब्द र लय संकलनमा पालम सार्वजनिक गरेकी...

चीनदेखि आईपुग्यो ९ लाख खोप, जेठ २५ बाट खोप अभियान सुरु गरिने

चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख र एक लाख हिमालय एयरलायन्सले तिब्बतको केरुङबाट लिएको हो । बाँकी एक लाख...

जसपा नेपाल प्रदेश १ ले सरकारलाई दियो चुनौती

अध्यादेश मार्फत ल्याएको अािर्थक वर्ष २०७८/०७९ को बजेट अलोकतान्त्रिक भएको भन्दै जनता समाजवादी पार्टी प्रदेश १ समितिले प्रेस विज्ञप्ती जारी गरेको हो । विज्ञप्तीमा, असंवैधानिक र स्वेच्छाचारी कदममार्फत केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारले...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।