शुक्रबार, १६ चैत, २०८० 

स्वास्थ्य बिमा गर्ने झापामा देशकै सबैभन्दा बढी

स्वास्थ्य बिमा गर्ने झापामा देशकै सबैभन्दा बढी रहेको तथ्यांक सार्वजनिक भएको छ । झापामा देशकै सबैभन्दा बढी ४ लाख १३ हजार १ सय ८२ जना बिमित सदस्य छन् । दोस्रोमा सुनसरीबाट २ लाख ७३ हजार २ सय ६७ जना कार्यक्रममा समावेश भएका छन् ।

प्रदेश १ मा १० लाख ९६ हजार ५ सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङबाहेक सबै जिल्लामा यो कार्यक्रम लागू भइसकेको छ । २०७७ को चैतसम्म ताप्लेजुङमा पनि कार्यक्रम लागू हुने प्रदेशको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । स्वास्थ्य बिमा परिचयपत्र नवीकरण गर्नेको संख्यासमेत उत्साहजनक रहेको कार्यालयका सूचना अधिकारी महेश पोखरेलले जानकारी दिए ।

बिमित सेवाग्राहीमध्ये करिब १० प्रतिशतले सोचेअनुरूप सेवा पाउन नसकेको गुनासो गरेको पनि पोखरेलले बताए । पोखरेलका अनुसार चिकित्सकले लेखेको सम्पूर्ण औषधि सेवाप्रदायक स्वास्थ्य संस्थामा नपाएको, बिरामीको चापलाई व्यवस्थापन गर्नेतर्फ ध्यान नदिँदा उपचारमा धेरै समय लागेको, पुर्जी कटाउन झन्झट भएको, हरेक दिन पुर्जी दर्ता गर्नुपर्ने, बिमाको प्याकेजमा सम्पूर्ण औषधि नपरेकाले अन्य औषधि तथा प्याकेजको पैसा तिर्नुपरेको र स्वास्थ्य संस्थाले थप रकम माग गरेकोलगायतका गुनासा आउने गरेका छन् ।

बोर्डले प्रदेशको हरेक जिल्लामा आधारभूत एवं जटिल स्वास्थ्य उपचार दिन सक्षम सरकारी एवं निजी स्वास्थ्यसंस्थालाई सेवा प्रदायकका रूपमा यो कार्यक्रममा समेटेको छ ।

झापामा देशकै सबैभन्दा बढी
कार्यालयका अनुसार झापामा देशकै सबैभन्दा बढी ४ लाख १३ हजार १ सय ८२ जना बिमित सदस्य छन् । दोस्रोमा सुनसरीबाट २ लाख ७३ हजार २ सय ६७ जना उक्त कार्यक्रममा समावेश भएका छन् । तेस्रोमा मोरङबाट १ लाख ९३ हजार ७ सय ३ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

प्रदेश १ मा सबैभन्दा पहिले २०७३ को असार १५मा इलाममा यो कार्यक्रम लागू भएको हो । इलाममा ४९ हजार १ सय ४५ महिलासहित ९७ हजार १ सय ५६ बिमित सदस्य छन् । झापा र सुनसरीमा २०७४ असोज २५ तथा मोरङमा २०७६ भदौ १५ बाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो ।

२०७४ मंसिर १ मा सुरु गरिएको हिमाली जिल्ला सोलखुम्बुमा बिमित सदस्य कम रहेको र अन्य पहाडी जिल्लामा बिमितको संख्या सन्तोषजनक रहेको कार्यालयले जनाएको छ । सोलुखुम्बुमा ६ हजार ७ सय ३७ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

सेवा दिने अस्पताल
झापामा स्वास्थ्य बिमा गरेका सर्वसााधारणले मेची अस्पताल, बिएण्डसी अस्पताल बिर्तामोड, आम्दा दमक, मेची आँखा अस्पताल बिर्तामोड, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शनिश्चरे , बनियाँनी, सुरुङ, शिवगञ्ज, खजुरगाँछी स्वास्थ्य केन्द्र, लाइफलाइन अस्पताल दमक, दमक अस्पताल, एड्भान्स मल्टिस्पेसियलिटी दमक, कनकाई अस्पताल बिर्तामोड, दृष्टि आँखा अस्पताल बिर्तामोड, ओम मेची अस्पताल, बिर्तामोड आँखा अस्पताल , निम्स अस्पताल दमक , मेची नेत्रालय काँकरभिट्टा, दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा सेवा पाउने बोर्डले जनाएको छ । नेपालका ५२ जिल्लामा यो कार्यक्रम लागू छ ।

उदयपुर रं पाँचथरमा तयारी
पहाडी जिल्ला उदयपुर रं पाँचथरमा स्वास्थ्य बिमा दर्ता फारम संकलनका क्रममा छ । २०७४ को २४ पुसबाट कार्यक्रम लागू भएको खोटाङमा ३६ हजार १ सय ३४, सोही वर्षको २५ पुसबाट सुरु भएको भोजपुरमा २५ हजार ९ सय १४ र २०७६ वैशाख २० बाट कार्यक्रम आरम्भ भएको संखुवासभामा १७ हजार ४ सय ३१ बिमित सदस्य छन् ।

यसै गरी २०७६ असोज ६ मा कार्यक्रम सुरु भएको ओखलढुंगामा १९ हजार १ सय १९, सोही वर्ष चैत २ बाट सुरु भएको तेह्रथुममा ४ हजार ३ जना बिमित छन् । २०७७ असार १० मा सेवा आरम्भ भएको धनकुटामा ९ हजार ८ सय ५९ र सोही वर्ष २४ मंसिरबाट सुरु भएको उदयपुरमा ३४ जना बिमित भइसकेका छन् ।

बिमित सदस्यहरू महिला बढी
सबैजसो जिल्लामा बिमित सदस्यहरू महिला बढी छन् । स्वास्थ्य बिमासम्बन्धी ऐन, २०७४ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुपर्ने भनिएको छ । सरकारले राष्ट्रिय स्वास्थ्य बिमा नीतिबाट गुणस्तरीय सेवाको पहुँच र उपयोगमा सुधार गरी सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उक्त ऐनमा लेखिएको छ । ऐनअनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेपछि स्वास्थ्य बिमा परिचयपत्र दिइन्छ ।

परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रत्येक व्यक्तिका लागि थप ७ सय रुपैयाँ तिनुपर्छ । अति विपन्न, अशक्त, अपांग, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोग लागेका बिरामी र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको निस्शुल्क स्वास्थ्य बिमा हुने प्रावधान छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।