शुक्रबार, १४ बैशाख, २०८१ 

द भोइस किड्सकी फाईनलिष्ट नुमा राजेश पायल राईसँग गीत गाउँदै

‘द भोइस किड्स’की फाइनलिष्ड नुमा राई अब आउने मंशीर ६ गते २०७९ मा १५ वर्षकी हुन्छिन् । मंशीरमा जन्मिएकी उनको मुस्कान असाध्यै लक्षिनको छ ।

आमा प्रनिता र बुवा कुमारको भरपूर सहयोग र उनको अद्भुत प्रतिभाका कारण उनी ‘द भोइस किड्स’मा फाइनलिष्ट हुन पुगीन् । त्यसो त त्यहाँ पुग्नको लागि स्वदेश÷विदेशमा रहेका शुभचिन्तकहरुको साथ पनि उक्तिकै महत्वपूर्ण रहेको उनकी आमा प्रनिताको भनाई छ ।

माङ्सेबुङ ६, इलाममा जन्मिएकी नुमाले इलाम नवप्रतिभा स्कुल पञ्चमीबाट शिक्षा प्रारम्भ गरेकी उनी हाल स्टन स्टार इङ्लिस बोर्डिङ स्कुल दमकमा कक्षा १० मा अध्ययनरत छिन् । उनको अर्को प्रतिभा नृत्य क्षेत्रमा रहेको छ । नृत्य र गायनमा अन्तरविद्यालय स्तरीय प्रतियोगीतामा धेरै पुरस्कार प्राप्त गरेकी छिन् । बालमहोत्सव तथा प्याब्सनले संचालन गरेको अधिकांस स्टेजमा पफम गरेकी उनलाई भोइस किड्सको सोमा पहिलो पटक केही धक लागेको वताईन् ।

गायनलाई प्राथमिकता दिदै, नृत्यलाई समेत निरन्तरता दिने बताउँदै उनले भनिन् – ‘मेरा सम्पूर्ण शुभचिन्तकहरुमा अझै धेरै माया र साथ दिनहुन अनुरोध गर्छु, म तपाईहरुलाई निराश बनाउँने छुइन ।’

पढाईका अलवा गायनमा करियर बनाउँने उदेश्य राखेकी उनले छुट्टिको समय उपयोग गर्ने योजना रहेका आमा प्रनिताले जानकारी दिईन् । समदर्शी टिभीसँगको कुराकानीको क्रममा उनले भनिन् – ‘चर्चित गायक राजेश पायल राई, थिरज राई र रोशन राईसँग गाउने तयारी रहेको छ ।’

नुमा र आमा प्रनितासँगको रमाईलो कुराकानी हेर्नुहोस्ः

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।