मङ्गलबार, ०४ बैशाख, २०८१ 

आर्थिक अभाबका कारण संचारकर्मी एलबीको निधन


पत्रकार एलबी विश्वकर्माको आर्थिक अभावका कारण मृत्यु भएको पाइएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि विश्वकर्मालाई सिभिल हस्पिटल भर्ना गरिएको थियो । उक्त हस्पिटलमा उनी एक महिनादेखि उपचार गराउँदै आएका थिए ।

शुक्रबार श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई राति ११ बजे अस्पताल भर्ना गरिएको थियो । ‘२ घण्टा स्वास्थ्य जाँच गराएपछि अस्पतालले ४ हजार ५ सयको बिल निकाल्यो,’ उनका भाई ललित टमटाले भने,‘हामीसँग ३ हजार ५ सय मात्रै थियो, १ हजार रुपैयाँ नहुँदा हस्पिटलले बिरामी लग्नु भन्यो, बाँकी रुपैयाँ भोलि दिन्छौ भन्दा पनि मानेन ।’

सिभिल हस्पिटलले उपचारमा लापरबाही गरेको उनी बताउँछन् । ‘रातिको साढे १२ बजे बिरामी लग्नु भन्यो, स्वासप्रस्वासको समस्या थियो,’ उनले भने, ‘अक्सिजन सिलिन्डर समेत दिएन् ।’ सिभिल हस्पिटलले रिफर गरेपछि पाटन हस्पिटल लगिएको थियो ।

‘राति साढे २ बजेतिर अस्पताल पुर्यायौं,’ उनले भने, ‘पाटन हस्पिटलले खासै रिस्पोन्स गरिदिएन, केही समस्यपछि कोरोना चेकजाँच ग–यो, रिर्पोट नेगेटिभ देखायो, त्यसपछि त मृत घोषणा गरिहाल्यो ।’

बिरामी हुँदा समेत उनी आवद्ध मिडियाले सहयोग नगरेको गुनासो ललितको छ । ‘आफ्नो मिडियामा काम गर्ने व्यक्तिलाई सहयोग गर्नुपर्थ्यो, त्यो गरेको पाएनौं,’ उनले भने, ‘मिडियाले तलबसमेत नदिएको बुझिएको छ ।’

एलबी ५ महिनादेखि टिभीटुडे एचडि टेलिभिजनमा कार्यरत थिए । त्यसका संचालक दार्चुला पुर्ख्यौली घर भएका जनकराज पन्त हुन् । एलबी पनि अछाम रामारोशन – ५ का बासिन्दा थिए ।

भौगोलिक र भावनात्मक नाता भएपनि अप्ठ्यारो अवस्थामा साथ नपाएको गुनासो भाइ ललितको छ । तर, विश्वकर्मालाई नियमित तलब दिएको टेलिभिजनका सम्पादक अरुण जोशीले बताए ।

‘उनी हाम्रो टिभीका कुशल पत्रकार थिए, नियमित रुपमै तलब दिएका थियौं,’ उनले भने, ‘करिब १ महिनादेखि बिरामी थिए, उनले मागेको समयमा थप रुपैयाँ पनि दिएका छौं, घरबाटै काम गरिरहेका थिए, हिजो हामीलाई जानकारी दिएनन्, आवश्यक सहयोग गर्न सकिन्थ्यो ।’

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।