शनिबार, ०८ बैशाख, २०८१ 

झापासहित देशभरिका ३० नाका खुल्ला

गत चैत्र ११ देखि सरकारले बन्द गरेको अन्तराष्ट्रिय सीमा नाकाहरु आवश्यक शर्त सहित खुुल्ला गरेको छ । कोरोनाको महामारीका कारण बन्द भएका झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानीसहित ३० वटा नाका खुल्ला गरिएको हो ।

सरकारी निर्देशनसँगै हाल इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर तथा बंकुल, पर्साको विरगञ्ज, रसुवाको रसुवागढी, रुपन्देहीको वेलहिया, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको खलंगा तथा पुलाघाट, बैतडीको झुलाघाट, सुनसरीको भन्टाबारी र सप्तरीको कुनौली नाका खुलेका छन् ।

सरकारले विराटनगरको रानी भन्सारसहित भारत र चीनसँग सीमा जोडिएका देशभरिका ३० वटा नाकाहरु खुल्ला गरेपछि सीमाक्षेत्रमा चहलपहल बढेको छ । गृह मन्त्रालयले भारत र चीनसँग प्रत्यक्ष सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो । निर्देशन अनुसार बिहीबारदेखि देशभरि भारतसँग सीमा जोडिएका २८ र चीनसँग सीमा जोडिएका २ सीमा नाकाहरु खुलेका छन् ।
कोरोना महामारीका कारण गत चैत्रको पहिलो सातादेखि सरकारले अन्तराष्ट्रिय सीमा नाकाहरु सहित आन्तरिक तथा बाह्य हवाई उडान समेत बन्द गरेको थियो । दुई महिनायता हवाई सेवा सञ्चालनमा आईसकेपनि सीमा नाकाहरु बन्द थिए । सीमा नाकाबन्द हुँदा पछिल्लो समय घरायसी किनमेल, औषधी उपचार र आफन्त भेटघाट लगायतका कार्यहरु प्रभावित भएको भन्दै जनस्तरबाट पनि सीमानाका खोल्न दबाब आईरहेको अवस्थालाई मध्यनजर गर्दै गत माघ ११ गते बसेको मन्त्रिपरिषदको बैठकले आवश्यक शर्तसहित नाका खोल्नुपर्ने निर्णय गरेको थियो । बिहीबार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्दै गृह मन्त्रालयले सीमानाकाहरु खोल्न देशभरका २५ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको हो ।

निर्देशन अनुसार नेपाल, भारत र चीनका आम नागरिकहरुले अति आवश्यक परेको खण्डमा कोभिड संकट व्यवस्थापन केन्द्रको वेबसाईटमा राखिएको अनलाईन फर्म भरेर मात्र सीमा नाकाबाट आवागमन गर्न पाउनेछन् । अनलाईन फर्म भरेपछि प्राप्त हुने बारकोड सहितको रसिद देखाएर सम्बन्धित भन्सारबाट आम नागरिकले आवागमन गर्न पाउने गरि सरकारले निर्देशन गरेको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर खड्काले बताउनुभयो । उहाँले सामान्य अवस्थामा जस्तो किनमेल र घुमफिरकै लागी भने नाका नखोेलिएको जानकारी दिनुभयो ।

यस्तै अहिले नयाँ स्वरुपको भाईरस देखिएको ठाउँबाट आउने नागरिकहरुले ७२ घण्टाभित्रको पिसिआर परिक्षणको रिपोर्ट पनि साथमा लिएर आउनुपर्ने सरकारकोे शर्त रहेको छ ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।