बिहिबार, ०६ बैशाख, २०८१ 

फाल्गुनन्द साकोसको नयाँ सेवाकेन्द्र झिलझिलेमा

फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लि.दमकले आज शिवसताक्षी ८, झिलझिले बजारमा अर्को सेवा केन्द्र स्थापना गरेको छ ।
झिलझिले सेवा केन्द्रका संयोजक एवं सचालक समिति उपाध्यक्ष महेन्द्र चाम्लिङको सभापतित्व, शिवसताक्षी ८ का वडाध्यक्ष केहेरसिङ बस्नेतको प्रमुख आतिथ्य साथै फाल्गुनन्द साकोस संचालक समिति अध्यक्ष पदम लिङदेन संकल्प र झिलझिले सेवा केन्द्रका सल्लाहकार संयोजक शिवकुमार योङ्याको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा फाल्गुनन्द साकोसका निवर्तमान सचिव देशराज नेम्बाङ, कानुनी सल्लाहकार नरबहादुर (एन. बि.) लिङदेन, चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर राई र साहित्यकार हरि हुक्पा चोङ्बाङको उपस्थीति रहेको थियो ।
यस अघि विर्तामोडमा आफ्नो सेवा केन्द्र स्थापना गरिसकेको र आगामी दिनमा केही स्थानमा सेवा केन्द्र स्थापना गर्ने अन्तिम तयारीमा पुगेको संस्थाका सचिव दिलिप जवेगुले वताए ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि बस्नेतले फाल्गुनन्द साकोसले झिलझिले वडा नं ८, मा सेवाकेन्द्र स्थापना गरेकोमा खुशी व्यक्त गरेका थिए । उनले भने ‘‘यस सेवाकेन्द्रका लागि हामीले गर्नुपर्ने प्रावधानहरुमा सहयोग गर्न हामी सधै तत्पर रहने छौं ।’’

भिलझिले सेवाकेन्द्रको उद्घाटनको अवसरमा १८ जना नयाँ शेयर सदस्य, ८ जना स्वर्णिम महिला बचत र २ जना बालबचत खाता संचालनमा आएको साथै भोली देखि नियमीत रुपमा यस सेवाकेन्द्रले सेवा प्रदान गर्ने संस्थाका अध्यक्ष लिङदेनले बताए । झिलझिले सेवाकेन्द्रका उप–संयोजक लिला राम लावतीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सोही सेवाकेन्द्रका सदस्य सचिव किरण लिङदेनले संचालन गरेका थिए । कार्यक्रममा सय बढी पुराना शेयर सदस्यहरुको उपस्थीति रहेको थियो ।

केही तस्बीरहरु

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।