बुधबार, ०५ माघ, २०७८ 

प्रदेश १ मा ३५ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइने

दमक/प्रदेशभरिका प्रत्येक जिल्ला अस्पताल र केही ठुला अस्पतालहरुबाट प्रथम चरणमा कोरोना महामारीका बिच अग्रभागमा रहेर क्रियाशील स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना छ । प्रथम चरणमा ३५ हजार ५ सय ७६ जना लक्षित जनशक्तिलाई कोरोना विरुद्धको खोप लगाउने तयारी रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईले बताउनुभयो ।

भारत सरकारले सहयोग स्वरुप पठाएको कोरोना विरुद्धको खोप प्रदेश १ मा पनि आईपुगेको छ । खोप सोमबार बिहान प्रदेश नं. १ को राजधानी विराटनगर आईपुगेको हो । पहिलो चरणमा प्रदेश १ का सबै १४ जिल्लालाई पर्याप्त हुने गरि खोपको ९६ हजार डोज विराटनगर आईपुगेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार माघ १३ गते बेलुकासम्म प्रदेशभरिका जिल्लाहरुमा आवश्यकता अनुसार खोप पुगिसक्ने छ ।

प्रथमपटक खोप लगाईसकेका व्यक्तिले १ महिनापछि पुनः दोश्रोपटक खोप लगाउनुपर्ने भएकाले प्रदेशलाई हाल कुल ७१ हजार १ सय ५२ डोज कोरोना विरुद्धको खोप चाहिएको छ । तर पहिलो चरणमै सोमबार ९६ हजार डोज कोरोना विरुद्धको खोप विराटनगर आईपुगेकाले हाल प्रदेश सरकारसँग पहिलो चरणका लागी पर्याप्त खोप रहेको स्वास्थ्य महाशाखा प्रमुख प्रसाईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

द भोईस अफ किड्समा ‘नुमा राई’ जिताउन अभियान समिति गठन

द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी माङ्सेबुङ गाउँपालिका ६ की नुमा राईलाई जिताउन ‘नुमा राई जिताउऔँ अभियान समिती’ गठन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाका अगुवा तथा जनप्रतिनीको सल्लाकार समिती सहित धनजित रुङ्माङ राईको...

फाल्गुनन्द साकोस बिर्तामोड सेवाकेन्द्रका लागि उपसमिति गठन

फाल्गुनन्द साकोस दमकले विर्तामोड सेवा केन्द्रको दोस्रो कार्यकालका लागि सोमबार उपसमिति पूर्नगठन गरेको छ । दमक ६, लिङदेन मार्गमा प्रधान कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवाकेन्द्रका लागि बिमला फुयाँलको सह–संयोजकत्वमा उपसमिति...

निरन साम्पाङको निर्देशनमा हामीले देख्ने घाम जुन सार्वजनिक

गीतकार शिरेन बान्तवाको शब्द रचना, पारस मुकारुङको संगीत र राजेश पायल राईको आवाजमा रहेको गीतको म्युजिक भिडियो हामीले देख्ने घामजुन सार्वजनिक भएको हो । लघु चलचित्र लेखन तथा निर्देशन गर्दै आएका निरन साम्पाङले दोस्रो म्यूजिक...

जसपाले आचार्यविरुद्ध मतदान गर्ने

  बिराटनगर, १५ कार्तिक । जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश १ प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्री भीम आचार्यका विरुद्ध मतदान गर्ने निर्णय गरेको छ । जसपा प्रदेश १ संसदीय दलका नेता जयराम यादवले...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।