शुक्रबार, ०७ बैशाख, २०८१ 

जनता समाजवादी पार्टीको विरोध सभा दमकमा


जनता समाजवादी पार्टी नेपाल झापा समितिले आज झापाको दमकमा प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको आरोप लगाउदै त्यसका विरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

दमक पश्चिम बस स्टेण्डबाट सुरुवात भएको र्याली दमक जेसिज चोकमा आएर कोण सभामा परिणत भएको थियो । पार्टीका झापा जिल्ला अध्यक्ष दिपेनबाला राई र अनुत सिङ् राजवंशीको अध्यक्षतामा सम्पन्न भएको कोणसभा सम्बोधन गर्दै समाजवादी पार्टिका केन्द्रिय सदस्य भुपेन्द्र नेम्बाङले दुई तिहाई बहुमतको सरकार भएर पनि अहिले सम्मकै सबैभन्दा भ्रष्ट भएको आरोप लगाए । भुमी, माटो र समाज सुहाउँदो राजनितिका लागि अब समाजवादी पार्टीको विकल्प नरहेको बताएका थिए ।

कार्यक्रममा समाजवादी पार्टिका नेताहरु श्रीनारायण गणेश, फक्ताङलुङ योङहाङ हरीदेवी राई लगायतले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरुद्धमा आफ्ना विचार राखेका थिए ।

कोणसभा विसर्जन गर्दै अध्यक्ष दिपेनवाला राईले जनताले विश्वास गरेर दिएको मत दुरुपयोग भएको वताएका थिए । उनले भने ‘‘के.पी. ओली जस्तो अहंकारवादी आत्माकेन्द्रित नेतालाई विश्वास गरेको कारण अहिले सम्मको राजनैतिक उपलब्धी कल्याप्स हुन लागेको छ ।’’ जनता समाजवादी पार्टीको यो आन्दोलन सांसद मन्त्री हुनको लागि केन्द्रित नभएर आमनागरिकको हक र अधिकार सुनिश्चित गर्नका लागि भएको पनि उनले बताएका थिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।