बिहिबार, ०८ चैत, २०८० 

झापामा सरसफाई सहित साताव्यापी कार्यक्रम शुरु

झापा/ झापामा सशस्त्र प्रहरीले २० औं स्थापना दिवसका अवसरमा साताव्यापी गत माघ ५, देखि कार्यक्रम शुरु गरेको छ । सशस्त्र प्रहरी बल नम्बर २ हेड क्वाटर चन्द्रगढी झापाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रमेशकुमार पाण्डेका अनुसार यस अन्तर्गतका ११ वटा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट (विओपी ) र ६ वटा बेस क्याम्प गरी झापा जिल्लाका १७ वटा सशस्त्र प्रहरीका यूनिटमा साताभरि सरसफाईलगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

यसै अवसरमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टाले सरसफाई कार्यक्रम गरी साताव्यापी कार्यक्रम शुरु गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराईको उपस्थितिमा ‘२० औं सशस्त्र प्रहरी दिवस २०७७’ को साताव्यापी अभियान शुरु गरेको हो ।

विओपी प्रमुख सशस्त्र प्रहरी निरीक्ष प्रेमकुमार राईको नेतृत्वमा निस्केको सशस्त्र प्रहरीले मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु नेपाल प्रवेशको मुख्यद्वार काँकरभिट्टा बजारको मुख्य भागको सरसफाई गरेको थियो ।

काँकरभिट्टा, बसपार्क, काँकरभिट्टा माध्यमिक विद्यालय परिसर, बाहुनडाँगी रोड, एशियान हाइवे, विश्वनाथ शिवालय मन्दिर जानेबाटोलगायतका स्थानमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट (विओपी ) काँकरभिट्टाले सरसफाई गरेको थियो । यस अभियानमा विभिन्न सरकारी र गैरसरकारी संघ सस्थाहरुले सहभागिता जनाएका थिए ।

सशस्त्र प्रहरी उपरीक्षक पाण्डेका अनुसार झापा जिल्लाका १७ वटा सशस्त्र प्रहरीका यूनिटहरुलाई विभिन्न मठमन्दिर, मस्जिद, चर्च, सार्वजनिक स्थललगायतका स्थानमामा साताव्यापीरुपमा सरसफाईलगायतका कार्यक्रम सञ्चालन गर्न सशस्त्र प्रहरी बल नम्बर २ हेड क्वाटर चन्द्रगढी झापाले निर्देशन दिएको छ । फरक क्षमता भएका बालबालिका, ज्येष्ठ नागरिकहरु आश्रित विभिन्न बृद्घाश्रममा पुगेर उनीहरुलाई भोजन तथा न्यानो कपडाको व्यवस्थापन गर्ने पनि साताव्यापी कार्यक्रम अन्तर्गत योजना रहेको छ ।

सशस्त्र प्रहरी बलले आफूलाई आफ्ना हरेक क्षेत्रमा चुस्त र दुरुस्त राखेको, देशका ७७ जिल्लामा आफ्नो उपस्थिती जनाउँदै सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, विपद् व्यवस्थापन, चोरीपैठारी निकासी नियन्त्रण गरेको,यस संगठनको जनशक्तिलाई संख्यात्मक र गुणात्मक रुपमा वृद्धि गर्दै लगिएको भन्दैं सर्वसाधारणले सशस्त्र प्रहरी बलको प्रशंसा गरेका छन् । बिसं २०५७ सालमा सशस्त्र प्रहरी बल स्थापना भएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेको भनाई छ । नेपालीजनको रक्षा अनि सिमाको संबेदनशीलताका लागि सशस्त्र प्रहरी अगाडी बढ्दै गरेको पाण्डेको भनाई छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।