मङ्गलबार, ०६ चैत, २०८० 

फाल्गुनन्द साकोस बिर्तामोड सेवाकेन्द्रका लागि उपसमिति गठन

फाल्गुनन्द साकोस दमकले विर्तामोड सेवा केन्द्रको दोस्रो कार्यकालका लागि सोमबार उपसमिति पूर्नगठन गरेको छ ।

दमक ६, लिङदेन मार्गमा प्रधान कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवाकेन्द्रका लागि बिमला फुयाँलको सह–संयोजकत्वमा उपसमिति गठन गरेको हो । सो उप–समितिको सचिबमा सुबास भण्डारी सदस्य तथा कर्जा संयोजक प्रेम लिङ्देन, सदस्य तथा मूल्यांकन संयोजक हस्तहाङ केरुङ रहेका छन् । यस्तै सेवा केन्द्रको सदस्य तथा महिला बालबालिका संयोजक दिलु शेर्पा, सदस्य तथा बिमा संयोजक रबिन शिवाकोटी, सदस्य तथा स्वास्थ्य संयोजक अनिता राई, सदस्य तथा सदस्य पहिचान चुडामणि अधिकारी, सदस्यमा बिमला केरुङ, सदस्य नरेन्द्र पौडेल र सदस्य हेमराज लिङ्देन संगै सल्लाहकार शिब खनाल चयन भएका छन् ।

संस्थाको अध्यक्ष पदम लिङ्देन (संकल्प) को अध्यक्षतामा सोमबार सप्पन्न भएको कार्यक्रममा प्रधान कार्यालयको दमकबाट उपाध्यक्षद्धय दिलिप जबेगु, फुलकुमारी आङ्देम्बे, कोषाध्यक्ष संगीता सेरेङ इक्सा एवं सदस्य गुमानसिङ सम्बाहाम्फे,सुबास आचार्यको उपस्थीति रहेको थियो ।

२०७६ जेठ १७ गते स्थापना भएको सो सेवाकेन्द्रमा ५ करोड ४८ लाख वासलात रहेकोमा ४ करोड ९९ लाख ९० हजार कर्जा लगानी भएको सेवाकेन्द्रका बिनम वनेमले जानकारी दिएका छन् ।

बिर्तामोड ५, शनिश्चरे रोडमा कार्यालय रहेको सेवा केन्द्रमा ४ सय बढी सेयर सदस्य रहेको संस्थाका केन्द्रिय उपाध्यक्ष दिलिप सुब्बाले जानकारी दिए । संस्थामा आवद्ध भएका र आवद्ध हुन चाहने शेयर सदस्यहरुको पहुँच सम्म पुगेर सेवा दिन संस्था तत्पर रहेको जानकारी दिदै संचालक समिति अध्यक्ष पदम लिङदेन (संकल्प) ले भने –‘यस संस्थाले संस्थामा आवद्ध हुनु भएका शेयर सदस्हरुलाई सेवा लिन सहज होस भनेर चाडै नै अन्य केहि स्थानमा पनि सेवाकेन्द्र स्थापना गर्ने योजना रहेको छ । जसका लागि आवश्यक कानुनी प्रकृया पनि पुरा गरि सकेका छौ ।’

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।