शनिबार, ०१ बैशाख, २०८१ 

दमक अपाङ्ग सहयोग समितिको वार्षिक साधारणसभा सम्पन्न

 

दमक अपाङ्ग सहयोग समितिको आज वार्षिक साधारण सभा सम्पन्न भएको छ । दमक ४, ताराबारीमा रहेको प्रदेश स्तरीय एकिकृत अपाङ्गता पुनः स्थापना केन्द्रको प्राङ्गणमा दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष खगेन्द्र भट्टराईको अध्यक्षता र प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री माननिय जसमाया गजमेरको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा दमक नगरपालिमा प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीको उपस्थीति रहेको थियो ।

साधारण सभाको अवसरमा २९ जना अपाङ्गता भएका बालबालिकाले शारिरीक नापजाँचका लागि नाम दर्ता गरएका थिए । जसमध्ये पाइताला फर्किएका ( दुर्घटना चोटपटकबाट अंग गुमाएका ) १० जना, पक्षघातबाट प्रभावित ५ जना, ओठ तालुको समस्या भएका २ जना र अन्य ११ हाडजोर्नी सम्बन्धी समस्या भएका बालबालिकाहरु रहेका थिए । उनीहरुलाई कृतिम अंग र सहायक उपकरण वितरण गरिएको अपाङ्ग बाल अस्पताल इटहरी शाखा इन्चार्ज मधुसुधन अधिकारीले बताए ।

सोही अवसरमा भवन निमार्ण सामाग्री प्रदान गर्ने दाता दिनेश कटुवाल, जग्गा दाताहरु रुद्रप्रसाद तिम्सिना, पुष्पा तिम्सिना, ऐश्वर्य तिम्सिना र उर्मिला तिम्सिनालाई सम्मान पत्र र दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।

प्रमुख अतिथि गजमेरले कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्याक्तिहरुले सम्मान पूर्वक जीवन यापन गर्न र उनीहरुको सीप, दक्षताको उपयोग गर्न पाउनु पर्नेमा जोड दिएका थिए । उनले भने ‘‘ यसको निम्ति ६९ वटा जिल्लाहरुमा स्थानिय सरकार, प्रदेश सरकार र करुणा फाउण्डेसनको त्रिपक्षिय साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम संचालन गरेको छ । आगामी वर्षमा सबै स्थानिय तहहरुसँग यो कार्यक्रम गर्ने तयारी प्रदेश १ सरकारले गरेको छ ।’’

कार्यक्रम समापन गर्दै अध्यक्ष भट्टाराइले आगामी ८२ साल सम्ममा अपाङ्गता प्रदेश १ कै भव्य अपाङ्गता पुनः स्थापना केन्द्रको भवन निर्माण गर्ने लक्ष्य रहेको र यसका लागि सम्पूर्ण सरोकारवालाहरु लागिपर्न अनुरोध गरेका थिए । कार्यक्रम समितीका सचिव मदन बोहोराले संचालन गरेका थिए ।
पूरा भिडियो हेर्न लिङ्कमा लगइन गर्नहोस्ः

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।