बुधबार, १४ चैत, २०८० 

गायन करियरमा फड्को मार्दै ममता राई

गायिका ‘ममता राई’ बुवा धनकर्ण राई र आमा राधा राईको कोखबाट साबिक खोटाङ जिल्लाको बुइपा ३ (हाल मझुवागडी नगरपालिका) मा जन्मनु भएको हो । गितकार प्रेमराज राईको शब्द र संगीतकार विनोद खम्बुको संगीतमा रहेको गीत शिरफुल दर्शक स्रोताले सर्वाधिक रुचाउँनु भएको छ । ‘म त मायामा हारेको मान्छे’ बोलको गीतबाट संगीतमा डेब्यू गरेको राईले ‘ममता –२०७०’ र ‘ममता २–२०७४’ साँगितिक एल्बम सार्बजनिक गरिसकेकी छिन् । प्रस्तुत छ समदर्शी सञ्चार अनलाइन पत्रिकाले उनीसँग गरेको कुराकानी  –

तपाईलाई समदर्शी अनलाइनमा स्वागत छ ।                                                                                                               –धन्याबाद समदर्शी अनलाईन टिमलाई, अनि मेरा सम्पूर्ण स्रोता दर्शकलाई बिशेष सम्झना माया व्यक्त गर्दछु ।

तपाई आफुलाई कस्तो गायिकाको रुपमा चिनाउन चाहानुहुन्छ ?                                                                                              – मैले अहिले सम्म धेरै फ्लेभरको गीत गाएको छु । लोकपप, सिलीपप जस्ता गीतहरु गाएको छु । म शास्त्रीय संगीतको विद्यार्थी भएकोले त्यसमा मेरो अलिक बढी झुकाव छ । शास्त्रीय संगीतबाट नै आफ्नो परिचय बनाऔं भन्ने सोच नै हो तर काम चाही लोकगीतमा धेरै गरेको छु । संगीतकार ज्यूहरुले पनि त्यसैमा राम्रो छ भन्नु हुन्छ ।

गायन क्षेत्रमा लाग्नको लागी जीवनमा कस्तो संघर्ष गर्नु भएको छ ?
– मेरो दिदिहरु हुनुहुन्छ आर्थिक रुपले साइली दिदिले धेरै नै सहयोग पुुर्याउँनु भएको छ । संगीत शिक्षा लिने र अन्य धेरै कुरामा वहाँको सपोर्ट रहेको छ । संगीत भनेको महासागर रहेछ । हल्का सोचेर घर परिवारको सल्लाह विना काठमाडौं आएको थिएँ तर पछि सल्लाह भयो र दिदिहरुले मेरो साँगितीक करियरको लागि महत्वपूणृ साथ दिनु भयो ।

पे्ररणाको स्रोतको रुपमा साथीभाई र शुभचिन्तकहरुको नाम लिनु पर्दा क–कस्को लिन चाहानुहुन्छ ?
– गायिका नै एकजना साथी हुनुहुन्छ बेनु राउत, गायन क्षेत्रकै अग्रज तुलसी बस्नेत ज्यूहरुलाई प्रेरणा र हौसलाको स्रोतको रुपमा नाम लिन चाहान्छु ।

आफ्नो गीत यात्रा गरेको वेला गाडिमा बज्यो भने कस्तो महसुष हुँदो रहेछ ? अनुभव गर्नु भएको छ ?                                           – जो पनि खुशी हुने त कुरै भयो । एक पटक कतै यात्रा गर्दा मेरो गीत गाडिमा बजी रहेको थियो । त्यहाँ मलाई कसैले पनि चिन्नु त भएन । मेरो गतिको फ्यान फलोवर्स पनि हुनुहुदो रहेछ भन्ने लागेर मनमनै खुशी लाग्यो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।