सोमबार, १२ चैत, २०८० 

दमक अपाङ्ग सहयोग समितिको साधारणसभा हुदै

प्रदेश स्तरीय एकीकृत अपाङ्गता पुनःस्थापना केन्द्रको नवनिर्मित भवन दमक ४, ताराबारीमा दमक अपाङ्ग सहयोग समितिको साधारणसभा पुस २ गते सम्पन्न हुने निश्चित भएको छ ।

प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री माननिय जसमाया गजमेरको प्रमुख आतिथ्यतामा हुनलागेको सो साधरण सभाको अवसरमा ओठतालु फाटेका नानीहरू,कृतिम हातखुट्टा र क्यालिपर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरूको नापजाँच गरी खुट्टा लुला भएका नानीहरुलाई क्यालिपर, हात खुट्टा नभएकाहरुलाई कृतिम हात खुट्टा एच.आर. डि. वनेपासँग समन्वय गरी निशुल्क उपलब्ध गराउँने । ओठ तालु फाटेकाहरुलाई आवश्यकता अनुसार वि.एण्ड वि हस्पिटल काठमाण्ठौ, अपाङ्ग बाल अस्पताल वनेपा या अपाङ्ग बाल अस्पताल इटहरी शाखामा निशुल्क उपचार गराउँने प्रबन्ध मिलाउने दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष खगेन्द्र भट्टराईले जानकारी दिए । जसका लागि सम्बन्धित व्यक्तिहरुले पुस २ गतेदेखि १ हप्ता सम्ममा सम्पर्क गरिसक्नु पर्नेछ ।

दमक ४ ताराबारीमा प्रदेश स्तरीय एकीकृत अपाङ्ग पुनः स्थापना केन्द्र निर्माणका लागि १० कठ्ठा जमिन उपलब्ध भएको छ । जसमध्ये दाताहरुबाट ६ कठ्ठा, दमक नगरपालिकाबाट २ कठ्ठा र अपाङ्गता भएका व्यक्तिहरुको परिवारबाट रकम संकलन गरी २ कठ्ठा खरिद गरिएको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् । सेमिनारका लागि एकतले भवन निमार्ण भईसकेको छ ।

आउँदो २०८२ सम्ममा अर्को भव्य भवन निमार्ण गरी प्रदेश १ भित्रका अपाङ्गता भएका व्यक्तिहरुको सेन्टर बनाउँने र विभिन्न क्षेत्रको अपाङ्गता भएका व्यक्तिहरुको पायक पर्ने स्थानहरुमा क्रमस शाखा विस्तार गर्दै जाने लक्ष्य रहेको अध्यक्षले जानकारी दिएका छन् ।

भवन निर्माण सम्पन्न भएपछि अपाङ्गता भएका बालबालिकाको लागि डे–केयर व्यवस्था, अपाङ्गता भएका व्याक्तिहरुलाई सरकारी सेवा सुविधा सम्बन्धी परामर्श, अपाङ्गता भएका व्याक्तिहरुलाई सीपमुलक तालिम र अपाङ्गता भएका व्याक्तिहरुको सहायक सामाग्री उत्पादन गरी निशुल्क वितरण गर्ने योजना रहेको अध्यक्ष भट्टराइले जानकारी दिएका छन् ।
पुरा भिडियो हेर्नका लागि दिएको लिङ्क लगइन गर्नुहोस् ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।