आइतबार, ०२ बैशाख, २०८१ 

पन्चायत भन्दा बदनाम कम्युनिष्ट सरकार : चेम्जोङ

इटहरी, २७ मंसिर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले वर्तमान कम्युनिष्ट सरकार नेपाली राजनीतिक इतिहासमा पन्चायत भन्दा बदनाम भैसकेको आरोप लगाएका छन् । शनिबार सुनसरीको इटहरीस्थित जसपा नेपाल प्रदेश पार्टी कार्यालयमा प्रेस नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व मन्त्री चेम्जोङले नेकपा पार्टी सत्ता सन्चालनमा असफल भएसँगै आन्तरिक पार्टी समिकरणमा समेत असफल भैसकेको दावी गरेका हुन् । भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने ओली सरकारले भ्रष्टाचार र कमिसनको खेलमा अन्तर्राष्ट्रियस्तरमै रेकर्ड बनाएको भन्दै चेम्जोङले सरकारको आलोचना समेत गरे । उनले भने -‘अब पार्टी समायोजन प्रकृया सकिए लगत्तै हामी भ्रष्ट ओली सरकार विरुद्ध आन्दोलनमा जानेछौं ।’ हिजोका दिनमा कांग्रेस र कम्युनिष्टको विकल्प नरहे पनि अब मुलुकको लागि नयाँ विकल्पका रूपमा जसपा अघि आएको चेम्जोङले जिकिर गरे । ‘सुशासन, विभेदको अन्त्य, पहिचानको प्रत्याभूति र राज्यका सबै अङ्गमा नेपाली समाजको बनोट अनुसारको समावेशी प्रतिनिधित्वको ग्यारेन्टी हाम्रो मूल लक्ष्य हो’, उनले भने । जसपाले १० जोड १ को मुद्दा छोडेको हो त ? भन्ने सन्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै चेम्जोङले पार्टीको लक्ष्य १० जोड १ सहितको सङ्घीय प्रदेश ल्याउने नै रहेको स्पष्ट पार्दै संविधान संशोधन गरेर लक्ष्यमा पुग्ने बताए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।