बुधबार, १४ चैत, २०८० 

समदर्शी टिभीको पहलमा दम रोगीलाई १० हजार सहयोग प्रदान

इलाम: दम रोगी राईले आर्थिक सहयोगको याचना गरे इलामको चुलाचुली गाउँपालीका ३, सुकुना टोल विकास संस्था निबासी हस्तबहादुर राईले आर्थिक सहयोगको अपिल गरेका छन् । चोयाको भकारी, चित्रा, ढोको बुनेर परिवारको दैनिक गुजारा गर्दै आएका हस्त बहादुरलाई विगत ६ महिना देखी दम रोग लागेर थलिएपछि दैनिक गुजारा गर्न गारो भएको हो । आम्दा हस्पिटलबाट उपचार खर्च धान्न नसकेर रिफर गरिएका उनलाई श्वाश फेर्न गाह्रो हुन्छ । सामान्य अवस्थामा श्वासप्रश्वास गर्नका लागि अक्सिजन प्रयोग गर्नु पर्ने हुन्छ । दैनिक एक सिलिण्डर अक्सिजन लाग्ने गर्छ । अहिले उनको परिवारको लागि अक्सिजन भर्न र घरसम्म ल्याउन लाग्ने खर्ज रु ८ सय कसरी जुटाउँनु भन्ने समस्या मुख्य समस्या भएको छ । राईका लागि आर्थिक सहयोग संकलन गर्न चुलाचुली गाउँपालिका ३ को बडा कार्यालयबाट सिफारीस लिई सहयोग संकलन गरेर रु १० हजार उपलब्ध गराएको सुकुना टोल विकास संस्थाका अध्यक्ष केशव गुरागाईले जानकारी दिए ।

यसै बिच समदर्शी टि.भि.को पहलमा दमकका केहि समाजसेवी व्यक्तिहरुबाट संकलन गरि रु ११ हजार ५ सय ५ रुपैया सहयोग प्रदान गरिएको छ । राईको परिवारमा श्रीमती, २ छोरी र १ छोरा रहेका छन् । छोरा आफन्तकोमा काम सघाउँछन् । १ छोरीको विवाह भएको छ । राईकी श्रीमती र छोरी ढुनोट बनाएर बेच्ने काम गर्छन् तर डुनोट बनाउन चाहिने सामग्री किन्ने खेलो नै हराएपछि आम्दानीको स्रोत पनि ठप्प भएको छ । अक्सिजन किन्ने पैसा र विहान वेलुकीको छाक कसरी टार्ने अन्योल रहेको उनकी श्रीमती बताउँछिन् । बिरामी राईलाई सहयोग गर्न चाहने मनकारी दाताहरुले समदर्शी टि.भि अथार्त मोकाइल नं ९८४२६३१६१६ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।