शनिबार, १५ बैशाख, २०८१ 

समयमा पुल निर्माण नभएपछि स्थानीयले बाँसको पुल उद्घाटन गरे (भिडियो सहित)

मंगलवार विहान उनीहरुले पक्की पुलले सर्व साधरणलाई सहजता नभएको भन्दै वाँसको पुल निर्माण गरेर उद्घाटन गरेका हुन् । ठेकेदारले काम सम्पन्न नगरेपछि विरोध स्वरुप यो कार्य गरिएको स्थानियवासी वताउछन् ।

नगरपालिकामा यो पुल वनाउन स्थानिय उपभोक्ता नै इच्छुक हुदाहुदै नगरले सेटिङ्गमा पुल ठेक्का लगाएको स्थानिय उमानाथ अधिकारी वताउछन् । अधिकारीले भने ‘नगरमा पटक पटक यस वारेमा गुनासो गर्दा पनि समाधान गरेन’। उपभोक्ता समिती मार्फत काम गर्न नगरले भने पनि पछि ठेकेदारलाई काम दिइएको अधिकारी वताउछन् ।

नगरपालिकाले गत वर्ष ४० लाख रुपयाँमा सो पुल ठेक्का आव्हान गरेको थियो । स्थानिय जयभवानी निर्माण सेवाले २५ लाख ९५ हजारमा सो पुल निर्माण गर्ने ठेक्का पाएको थियो । पुल निर्माण सम्पन्न गरेको भने पनि अझै पुलमा लगाएको प्लाइउड हटाएको छैन भने निर्माण सामाग्री समेत असरल्ल रहेका छन् ।

यो पुल निर्माण भए स्थानियवासीलाई सहज हुने केशव वुडाथोकी वताउछन् । पुल निर्माण कार्य सम्पन्न भएर ठेकेदारले पैसा लगेको भनिएपनि काम सम्पन्न नै नगरी नगरले पैसा चुक्ता गरेको प्रति स्थानियवासी समेत अच्चमित छन् ।

पुल निर्माण गर्दा नै अनियमीता भएको र कम गुणस्तरीय सामाग्री र मापदण्ड विपरित पुल वनाइएको स्थानिय शरण राईंको भनाइ छ ।

यो सडकमा पहिलो रहेको काठको पुल भत्काएपछि स्थानियवासीलाई असहज भएको छ । वनेको पुल पनि पुर्ण रुपमा सन्चालनमा आउन सकेको छैन् । पुल वनेपनि पुलको दायाँ र वाँया भागमा माटो नपुर्दा समस्या आएको हो ।

पुल निर्माण कार्य मै लापरवाहि रहेको स्थानिय वासी वताउछन् ।

मंगलवार विहान भेला भएका स्थानियवासीले पुल यहि अवस्थामा उदघाटन गर्न पथरी शनिश्चरेका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत, इन्जीनीयर र वडा अध्यक्षलाई निमन्त्रण गरे पनि सो कार्यक्रममा कोहि पनि उपस्थीत भएनन् ।

माटो पुर्न स्थानियवासीलाई उपभोक्ता समिती वनेर आउन नगरले आग्रह गरेपछि दुई हप्ता अघि उनीहरु नगर सम्म पुगे तर नगरका प्राविधीकले स्टमेट नवनेको भन्दै पटक पटक उनीहरुलाई फर्काएको अधिकारी वताउछन् । नगरका प्राविधिक र ठेकेदारको वेइमानीका कारण प्रत्यक्ष असर स्थानियवासीले पाउदै आएका छन् ।

यस विषयमा आफुलाई पुल उद्घाटन गर्न आधिकारिक सूचना नआएको नगर प्रमुख दिलिप कुमार राईले बताए । यता इन्जिनियर कृष्ण प्रसाद कोइरालाले भने आफुले अनुमान मात्रै गरेको तर स्टीमेट बनाउन बाँकी रहेको जिकिर गरो छन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।