आइतबार, ०९ बैशाख, २०८१ 

पौष १६ मा काङ्ग्रेस नेता डा. शेखर कोइराला कानेपोखरी आउने

पथरी, नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्य समितिले पुस १६ गते ४३ औं राष्ट्रिय मेलमिलाप दिवस मेलमिलाप कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

सोमबार कानेपोखरी बजारमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाका सभापति योगेन्द्र दाहालले कार्यक्रमका बारेमा जानकारी दिनुभएको हो । सभापति दाहालले विज्ञप्ति जारी गर्दै कार्यक्रमको औचित्य र आवश्यकता बारे जानकारी गराउनु भयो ।

विज्ञप्तिमा नेपालीका कांग्रेसले २०३३ साल देखि एउटा ऐतिहासिक दिनका रुपमा पुस १६ लाई राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको उल्लेख छ । तत्कालिन सभापति वीपी कोइराला आफू विरुद्ध फाँसीको सजाय हुन सक्ने संगीन मुद्धाहरू नेपाली अदालतमा हुँदा हुँदै २०३३ साल पुस १६ गतेका दिन प्रवासबाट स्वदेश फर्कनु भएको थियो । सो ऐतिहासिक निर्णयले तत्कालिन विश्व राजनीतिको ध्यानाकर्षण गरेको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिलाई विश्लेषण गर्दै वीपी कोइरालाले नेपाली राष्ट्रियतालाई खतराबाट जोगाउन र प्रजातन्त्रको पुनस्थापनाका लागि स्वदेश मै बसेर संघर्ष जारी राख्ने निर्णय गर्नु भएको थियो । त्यही बेला देखि नेपाली कांग्रेसले पुस १६ का दिनलाई महत्वका साथ राष्ट्रिय मेलमिलाप दिवस मनाउने परम्परा रही आएको छ ।

कानेपाखरी ४ को बयरवन बजारमा हुने कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइराला प्रमुख अतिथि रहने जनाइएको छ । त्यस्तै केन्द्रीय सदस्य प्रदिप पौडेलको विशिष्ट आतिथ्यता रहने छ ।

गत पुस ८ गते पार्टी समायोजन भएपछि पहिलो पटक हुन लागेको कार्यक्रमले वयरवन, केरौन र होक्लाबारीका क्रियाशील सदस्यहरू, भातृसंस्थाका नेता तथा कार्यकर्ता र पार्टीका साधारण सदस्यहरू बीच मेलमिलाप गराउने महासमिति सदस्य जयराज संयोकले बताउनु भयो । सोही अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्न ईच्छाएका दुई सय बढीलाई कांग्रेसमा प्रवेश गराइने कार्यक्रम रहेको जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मोरङ काठमाडौं सम्पर्क समितिका सह–सचिव देवेन्द्र लुइटेल, क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य त्रिभुनाथ फुयल, हिमप्रसाद तिम्सिना लगायतको उपस्थिति थियो ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।