बिहिबार, १३ बैशाख, २०८१ 

१३७ स्थानीय तहलाई सडक संजालमा जोड्छौँ : मन्त्री आङ्वो

पथरी, प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश १ का सबै ५६० निर्वाचन क्षेत्रमा कम्तीमा एक/एक वटा १० किमी सम्मको पक्की सडक निर्माण गर्ने कार्यक्रम चलिरहेको बताउनु भएको छ ।

मन्त्री आङ्वोले सोमबार मोरङको पथरीशनिश्चरे नगरको शनिश्चरे बजार–कुसेचौरी–मङ्गलबारे–सोमबारे शिरिसेडाँडा–वितिंग–किराँती चौक हुँदै बीरेन्द्रनगर जोड्ने कालोपत्रे सडकको शिलान्यास गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले प्रदेशमा सिंचाईका पूर्वाधार निर्माण गर्ने बताउँदै शहरी बिकासको गुरुयोजना निर्माणका क्रममा रहेको बताउनु भयो ।

१३७ वटै स्थानीय निकायलाई पक्की सडक सञ्जालले जोड्ने गरी १० वर्षीय सडक निर्माण कार्यक्रमका लागि ३ खर्व रुपियाँको गुरुयोजना बनिसकेको उल्लेख गर्दै उहाँले आर्थिक वर्ष ०७५/०७६ शिलान्यासको वर्ष हुने र आर्थिक वर्ष ०७७/०७८ उद्घाटनको वर्ष हुने दाबी गर्नुभयो ।

यस क्षेत्रको सुकुम्बासी समस्यालाई एउटै डालोमा हाल्न मिल्दैन– प्रदेशसभा सचेतक राई

प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले बिरालो कालो होस वा सेतो , बिरालोको काम मुसा मार्ने भएको बताउँदै मुसा मारेन भने बिरालोको काम नहुने बताउनु भयो । जनप्रतिनिधि कुन दलको हो भन्ने भन्दा पनि काम गर्छ वा गर्दैन त्यसबाट मूल्याङ्कन हुनु पर्ने सांसद राईको भनाई थियो । राईले आफूले संसद देखि सडक सम्म सुकुम्बासी समस्या र नदी कटानका कुरा उठाउँदै आएको बताउँदै पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिका क्षेत्रको सुकुम्वासी समस्यालाई एउटै डालोमा हालेर समस्याको समाधान खोज्न नसकिने उल्लेख गर्नुभयो ।

यहाँको समस्या सुकुम्बासीको समस्या मात्र होइन । यहाँ अब्यवस्थित बसोबास छ । दोहोरो स्वामित्वको समस्या छ । जोत्नेको नाममा जग्गा छैन । पूर्जाबालले आफ्नो जग्गा चिन्दैन । यो फरक खालको समस्या भएकोले शक्तिशाली उच्चायोग गठन गरेर मात्र समस्याको स्थायी समाधान खोजिनु पर्छ ।

बिकास सँगै बिनास पनि आउँछ – सांसद थापा

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले बिकास माग्ने अनि बिकास आउँदा बिरोध गर्ने बानीमा सुधारको खाँचो औल्याउँनु भयो । उहाँले भन्नुभयो – बिकास आउँदा सँगै बिनास पनि हुन्छ । त्यसलाई धैर्य गरेर समाधान खोज्नु पर्छ । थापाले सुकुम्बासी समस्यालाई समाधान गर्न दुई तिहाईको सरकारले नसकेको आरोप लगाउँदै भन्नुभयो – भाषणमा मीठा कुरा गर्ने अनि कुर्सीमा बसेपछि भोट बिग्रने डरले समाधान नखोज्ने कम्युनिष्ट चरित्रले समस्या झनै झागिंदै गएको हो ।

तीनै तहका सरकारले काम चााडो थालुन – सांसद राई

अर्का प्रदेश सभा सदस्य कृष्णकुमारी राईले सुकुम्बासीहरूलाई बारम्बार दुख दिइरहेको बताउँदै स्थायी समाधान खोज्न तीनै तहका सरकारले चाँडो काम थाल्नु पर्ने बताउनु भयो ।

प्रदेश सरकार र स्थानीय सरकार बीच समन्वयको अभाव – नगर प्रमुख राई

पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राईले प्रदेश सरकार र स्थानीय सरकार बीच समन्वयको अभाव भएको बताउँदै निर्माण हुन लागेको सडक निर्माण सम्बन्धी डिपीआर तयार र त्यस विषयमा छलफलका लागि नगरपालिकामा पत्र आएको आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले कोही मान्छे पूर्जा बोकमेर आउँदैमा जग्गा लिएर नजाने उल्लेख गर्दै बिक्री प्रक्रिया नगरको स्वीकृति बिना असम्भव र हेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा पूर्वाधार विकास कार्यलयका वरिष्ट डिभिजन इन्जिनीयर सुशील श्रेष्ठ र स्थानीय आयोजक वडा नं. ८ का वडाध्यक्ष बाबुराम दाहाल र निर्माण कम्पनीका प्रतिनिधि दीपक पौडेलले बोल्नु भएको थियो ।

श्रेष्ठ खुस्वु जेवी कन्ट्रक्सनले निर्माण जिम्मा पाएको सो सडक २ वर्ष भित्रमा जिम्मा लगाउने सहमति भएको छ । २७ करोड ८२ लाख रुपियाँको लागतमा निर्माण हुने सडक बीचबाट दुबै तर्फ साडे ७ मिटरको हुनेछ । सडकले नगरका वार्ड नं ८,४,५,३,७ र २ नं. वडालाई जोड्ने छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।