शनिबार, ०३ चैत, २०८० 

निरन साम्पाङको निर्देशनमा हामीले देख्ने घाम जुन सार्वजनिक

गीतकार शिरेन बान्तवाको शब्द रचना, पारस मुकारुङको संगीत र राजेश पायल राईको आवाजमा रहेको गीतको म्युजिक भिडियो हामीले देख्ने घामजुन सार्वजनिक भएको हो ।

लघु चलचित्र लेखन तथा निर्देशन गर्दै आएका निरन साम्पाङले दोस्रो म्यूजिक भिडियो परिकल्पना एवं निर्देशन गरेका हुन् । यस अघि उनले इन्द्र कुमारी सम्बाहाङफेको उदासै छ कि बोलको गीतमा म्यूजिक भिडियो निर्देशन गरी सकेका छन् । पृथीराज वाम्बुलेको दृश्य सम्पादन रहेको म्यूजिक भिडियो साम्पाङले नै छायाङ्कन गरेका हुन् ।

कवी तथा साहित्यकार पुष्पहाङ लोवा, दिव्या आङ्ला लिम्बु र जय कुमार वान्तवाको अभिनयमा बनेको म्यूजिक भिडियो चिण्डो क्रिएसन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको शब्दमा विछोडको पीडामा रहेका प्रेमीको आहत व्यक्त गरिएको छ । सँगै बाच्ने, सँगै मर्ने कसम खाएको प्रेमीकाले अर्कै बाटो रोजेपछि प्रेमीले दुखेसो पोख्दै भनेका छन् –

आकाश खुल्दा, मन डुल्दा खुशी एउटै थियो
आकाशको जुन छुने रहर एउटै थियो
के भो कुन्नी निरमाया जिउने संसार सधै फरक भो….

भिडियो यो लिङ्कमा हेर्नुहोसः

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।