बिहिबार, २० मंसिर, २०८१ 

फक्ताङलुङ आरोहणमा पर्यटकलाई रोक्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं । किरातहरुको महातिर्थस्थल फक्ताङलुङ हिमाल आरोहण अनुमतिमा पर्यटकहरुलाई रोक लगाउन किरात धार्मिक सर्वोच्च संस्थाद्धारा नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पवित्र महातिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालको अग्र भाग पाङलाङ र पश्च भाग पारुङतेम्बेदेखि माथि दुवै भागबाट वाह्रय तथा आन्तरिक पर्यटकहरुको आरोहणमा रोक लगाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘फक्ताङलुङ हिमाल प्राचिन कालदेखि किरातीहरुको उत्पत्ति, विकास, सभ्यता, मुन्धुम, धर्म तथा संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध गाँसिएको पवित्र मुन्धुमीस्थल तथा देवस्थल भएको र हरेक वर्ष यस हिमालको फेदीमा अवस्थित पारुङतेम्बे मारुङतेम्बेसम्म महिनौदिनको पैदल यात्रा गरी सेवा पूजा गर्दै आइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष जाहेर गर्दछौं ।’

 

किरात धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा प्रदुषण वा अपवित्र भएमा मुलुकमा ठूलाठूला दुर्घटना, महामारी, बाढी पहिरो, दुःख विमार जस्ता अनिष्ट हुने विश्वास र मान्यता रहेकोले फक्ताङलुङ आरोहणमा रोक लगाउन सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा पर्यटकहरुलाई आरोहण गर्ने अनुमतिमा रोक लगाई निषेध गरी दिन र सो हिमालको फेदीमा रहेको पारुङतेम्बे मारुङतेम्बे क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास र प्रवद्र्धनका लागि नेपाल सरकारबाट पहल गरिदिनु हुन ध्यानाकर्षण समेत गराइएको किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।

फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा किरात धर्मावलम्बी, शुभेच्छुक महानुभावहरुको सहयोगमा भक्तशाला निर्माण, खानेपानी तथा शौचालय निर्माण, किरात माङहिम निर्माण, हेलीप्याड निर्माण गर्नका साथै गुरु आश्रम निर्माण कार्य समेत सम्पन्न भइसकेको जनाइएको छ । भने, ५५ किलोवाट क्षमताको विद्युत उत्पादनका लागि काम भइरहेको सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

किरात धार्मिक संस्थाका प्रतिनिधि टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरको कार्यकक्षमा शुक्रबार सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

यसरी ध्यानाकर्षण पत्र बुझाउन मन्त्रालय पुगेका टोलीमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष योगेश लाओती लगायत सहभागि रहनु भएको थियो ।

सम्बन्धित समाचार

चिया ऐन बनाउन सभामुख घिमिरेको ध्यानाकर्षण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्वोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाह भएकोमा आश्चर्य प्रकट गर्दै समस्या...

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।