झापा । झापाकाे शिवसताक्षी र दमकमा थप दुई जना कोरोना संक्रमण संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक एक र अर्काे शिवसताक्षीका रहेका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना थरका ५८ वर्षिय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो । मृतक दुवै पुरुष हुन् ।
तीन दिन अघि स्वाब परीक्षणका लागि दिएकोमा उनको रिपोर्ट हिजो पोजिटिभ आएको थियो । रिपोर्ट आएकै दिन राती उनको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।
त्यस्तै शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । क्यान्सरको समेत उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पिसिआरको रिपोर्ट पोजिटिभ आएको थियो ।
गएराति उनको मृत्यु भएको परिवारले जनाएको छ । यो सँगै झापामा कोरोना संक्रमण (काेभिड १९) बाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ ।