उर्लाबारी। उर्लाबारी नगरपालिकाबाट प्रदान हुने सवै सेवा सोमबारदेखि केही दिनको लागि बन्द भएको छ । कोभीड–१९ को संंक्रमण नगरपालिका नगर प्रमुख सहितका केही कर्मचारीहरुमा देखिएपछि संंम्पर्कमा रहेका जनप्रतिनिधीहरुको पनि स्वाब संकलन गर्ने कार्य शुरु गरीएकोले स्वाबको रिर्पोट नआएसम्मको लागि नगरपालिका सहित सबै वडा कार्यालय बन्द गरिने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
चार दिन अघि नगर प्रमुख खड्ग फागोका सवारी चालक ईन्द्र आपागाईमा कोरोना संक्रमण भएपछि होम क्वारेनटाईनमा बसेका नगर प्रमुख फागो सहित नगरका स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्कामा पनि कोरोना पुष्टि भएको थियो । नगरका जनप्रतिनिधी तथा कर्मचारीमा संक्रमण देखिएपछि संम्पर्कमा रहेका जनप्रतिनिधी सहित कर्मचारीहरुको समेत पिसीआरको लागि अाइतबार स्वाब संकलन गरिएको र सो को रिर्पोट नआएसम्मको लागि जनसंम्पर्कमा जान नहुने भएकोले सेवा बन्द गर्न आवश्यक भएको बताउदै नगर प्रमुख फागोले बढीमा तीन दिनसम्म बन्द हुन सक्ने बताएका छन् ।
उता नगरपालिकामा आज ९८ जना जनप्रतिनिधी तथा कर्मचारीहरुको पिसीआरको लागि स्वाब संकलन गरी परिक्षण गर्न प्रादेशिक प्रयोगशालामा पठाईएको स्वास्थ्य शाखाका सह–संयोजक रेनुकाप्रसाद काफलेले बताउनुभयो । नगरमा हालसम्म ३२ जना संंक्रमित बनेका र एक जनाको निधन भएको बताउदै सह-संयोजक काफलेले कन्ट्रयाक ट्रेसिङलाई अझ प्राथमिकताका साथ कार्य गर्ने बताउनुभएको छ ।