शुक्रबार, ०७ बैशाख, २०८१ 

पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

धरान । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन् । नतिजा घोषणा भएको दुई महिनापछि आयोजक याक्थुङ साक्थिम्मिबा सयङले एक कार्यक्रम बिच पुरस्कार वितरणा गरेकाे हाे ।

करिब तीन महिना चलेको प्रतियोगिताको अन्तिम निर्णय गत साउन २२ गते सार्वजनिक भएपनि कोभिड–१९ को महामारी र लकडाउनका कारण तत्कालै पुरस्कार वितरण गर्न नसकिएको सयङले सूचना मार्फत जनाएको थियो ।

सामाजिक दूरी कायम गर्दै सीमित सहभागितामा धरानमा विभिन्न शीर्ष विधाका विजेताहरू सहित प्रतियोगिताका विजयीहरूलाई नगद, सम्मानपत्र र उपहारसहित पुरस्कृत गरिएको प्रतियोगिताका सहसंयोजक सागर सरगम चेम्जोङले बताए । उनले अन्य विजेतासहित उत्कृष्ट दश, शीर्ष पाँच विधाका विजेता र ११ जना व्यक्तित्वहरूलाई सम्मानित गरिएको जनाए । उनीहरूलाई प्रमुख अतिथि एवम् धरान प्रज्ञा प्रतिष्ठानका प्रमुख अम्बिका सम्बाहाम्फेले सम्मान गरेका थिए ।

नेपाल लगायत प्रवासबाट ३५२ सहभागी
याक्थुङ(लिम्बु) समुदायको मौलिक गायन विधा मानिने पाःलाम प्रतिस्पर्धामा नेपाल, भारत र विदेशका तीन दर्जन बढी मुलुकहरूबाट ३५२ प्रतियोगीहरू सहित करिब ४०० प्रतियोगीहरू सामेल थिए । चुम्लुङ चरण(पहिलो चरण) बाट फक्ताङलुङ चरणमा ५० जना प्रवेश गरेका थिए । त्यस्तै, साम्लोलुङधुङ चरणमा २० जना प्रतियोगीहरू हुँदै अन्तिम चरण मानिएको मेन्छ्यायेम चरणमा दश जना छनोट भएका थिए । सँस्कृतिविद् यासेली योङहाङ, गायिका मनु नेम्वाङ र मुन्धुम सङ्गीतका प्रवर्तक झुमा वनेम रहेको निर्णायक मण्डलले अन्तिम नतिजा पूर्व कूलपति वैरागी काईलाबाट नतिजा सार्वजनिक गरेको थियो । निर्णायकको ४० प्रतिशत मत र सामाजिक सञ्जालबाट प्राप्त ६० प्रतिशत मतका आधारमा ताप्लेजुङकी सुनिता लाबुङ पहिलो भएकी थिइन उनले नगद ५० हजार हात पारिन् । त्यसैगरी तेहथुमका शिव कुमार सम्बाहाम्फे दोस्रो र धरानकी सुनिता सङ्यक तेस्रो भएका थिए । उनीहरूले क्रमशः नगद ४० हजार र ३० हजारसहित सम्मानपत्र र उपहार प्राप्त गरेका थिए । त्यस्तै, पेपराज माबुहाङ र शान्तिराम खरेलले उत्कृष्ट पालाम चो?लुङ सान्त्वना, विक्रम येक्तेनले सर्वोत्कृष्ट प्रस्तुति, इन्दिरा नेम्वाङले उदयीमान कलाकार, सुमन लिम्बुले सेहोनाम्लाङ, जीवन केदेमले मुक्कुमलुङ र साँगुले ठूलेले साङ्गोती हाङ्गोतीको उपाधि हासिल गरेका थिए ।

उत्कृष्ट तुम्याहाङ समूह सुखविर ताम्लिङ, तेन्छा सेक्सिङ थुम्खो(पब्लिक च्वाइस) कुमार विक, उत्कृष्ट पालाम शब्द निलिमा साम्पाङ राई, उत्कृष्ट फरक समुदाय बम विरही कुलुङ राई र लोपोन्मुख भाकाको उपाधि सरुना लिम्बुले जितेका थिए । उनीहरूले जनही नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।

सहभागी तुम्याहाङलाई सम्मान
प्रतियोगितामा विभिन्न क्षेत्र तथा गीतसंगीतमै ख्याती कमाईसकेका व्यक्तिव्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूमा पदम सम्बाहाम्फे, सोना साउदेन, टुपेन्द्र येक्तेन, टेकराज तिगेला, रूपलाल खाम्धाक, थानाहाङ तिगेला, भिमा साउदेन, सुरोज मादेन, आइत खजुम, आइतमाया ईजम, चन्द्र आङदेम्बे र देवेन चेम्जोङ रहेका छन् ।

गैरलिम्बू प्रतियोगीलाई चुम्लुङ युकेद्वारा पुरस्कार
यस्तै, किरात याक्थुङ चुम्लुङ यूकेले प्रतियोगितामा सामेल भएका गैरलिम्बु समुदायका सम्पूर्ण प्रतियोगीहरूलाई उपलब्त्र गराएको जनही पाँच हजार रूपैयाँ र सम्मानपत्र समेत सोही कार्यक्रममा उपलब्ध गराएको थियो । गैरलिम्बू प्रतियोगीहरुमा कुमार बिक, शान्तिराम खरेल, महेन्द्रप्रसाद पोखरेल, कुमार प्रधान कल्पित, गोपाल दाहाल, निमश्वरी आठपहरिया, निलिमा साम्पाङ राई, बम बिरही कुलुङ छन् ।

समारोहकी संयोजक एवम् सयङ सदस्य यमुना तुम्सा सङ्यकका अनुसार विजेता र सम्मानित सबैलाई चौबिसे सङ्यक ढाका उद्योगले ढाकाको सामग्री उपहारस्वरुप प्रदान गरेको थियो ।

कार्यक्रम सञ्चारकर्मी मेरिना तुम्साले सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।