मङ्गलबार, १३ चैत, २०८० 

‘विना शर्त खस समुदायलाई आदिवासीमा सुचिकृत गर’ – खसान राष्ट्रिय संघर्ष समिति

काठमाडौं । खशान राष्ट्रिय संघर्ष समितिले खश समुदायलाई नियतवस आदिवासीमा सूचिकृत हुन बञ्चित गरिएकोमा विरोध गर्दै विनाशर्त खस समुदायलाई आदिवासीमा सुचिकृत गरिनुपर्ने माग गरेको छ ।

आगामी मंसिर ७ गतेसम्म मा पूरा नगरे अनिश्चित्कालिन आम हड्ताल गर्न बाध्य हुने र यसबाट निस्कने परीणामको जिम्मेवारी स्वयम सरकार सत्तापक्ष दल हुनेपनि समितिले चेतावनी दिएको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले विभिन्न २६ बुँदे माग अघि सारेको छ । समितिले अघि सारेका मागहरुमा आदिमकालदेखि बसोवास गर्दै आएका खश समूदायलाई आदिवासीमा सूचिकृत गरिनुपर्ने, राज्य पूर्नसंरचना आयोगको सिफारिशको आधारमा १० प्लस १ प्रदेश घोषणा गरी ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने र स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गरिनुपर्ने, खश र आर्यको कलस्टर अलग अलग गरि खस समूदायलाई राज्यका हरेक निकायमा समावेशी समानूपातिक प्रतिनिधित्व गराईनुपर्ने, खस समूदायको मष्टो धर्म संस्कृतिको सम्मान गर्न मष्टो पर्वको दिन सार्वजनिक विदाको व्यवस्था गरिनुपर्ने, पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारमा थरुहट छोडेर महाकाली, सेती, भेरी र कर्णाली अञ्चललाई खसान प्रदेश घोषणा गरिनुपर्ने रहेका छन् ।

खशान राष्ट्रिय संघर्ष समिति अध्यक्षा – प्रेम बहादुर खाती

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष प्रेम बहादुर खातीले भने, -‘नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सम्मान र हितलाई शिरोधार्य गरेर संघीय व्यवस्थाबाट मात्र पिछडिएका, उत्पीडनमा परेका र सिमान्तकृत सम्पूर्ण भूमिपुत्रहरुको हित हुनसक्छ भन्ने हाम्रो ठहर छ ।’

उनले खश समूदायको ऐतिहासिक पहिचानलाई स्थापित गर्न आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ बमोजिम आदिवासीमा सूचिकरणको लागि सम्पूर्ण मापदण्ड पूरा भएको हुँदा खस समूदायलाई पनि आदिवासीमा सुचिकृत गर्न जोडदार माग गरे ।  समितिले अघि सारेका थप मागमा खसहरुको ईतिहास, भूगोल, भाषा, धर्म, सांस्कृतिक परम्पराको सोध अनुशन्धान गर्न खस आयोग गठन गरिनुपर्ने, कर्णाली भेरी, सेती र महाकाली अञ्चलमा बोलिने स्थानीय खस भाषालाई प्रदेश नम्बर ६ र ७ को सरकारी कामकाजी भाषा घोषणा गरिनुपर्ने, खस समूदायलाई जल, जमिन र जंगलमाथि आदिवासीले पाउने अग्राधिकार निर्धारण गरिनुपर्ने, वृद्ध भत्ता वितरणसम्बन्धी मापदण्ड देशभर एकै खालको बनाईनुपर्ने र वृद्धवृद्धा तथा विधवा/विदुरको जीवनयापनको लागि कम्तिमा प्रति महिना ५ हजार भत्ता कायम गरिनुपर्ने, हत्या, हिंसा बलात्कार, कुशासन, अपहरण, दलित माथिको विभेद, महिला हिंसा, बोक्सी आरोप जस्ता सामाजिक कुरीतिको तत्काल अन्त्य गरिनुपर्ने, नेपालको संविधान २०७२ अनुसार राज्यका सवै अंगमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, राजनीतिक दलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व विना दल दर्ता खारेज गरिनुपर्ने, लोकसेवा आयोगमा ग्यारेण्टी गरिएको ४५ प्रतिशत आदिवासी जनजातिको प्रतिनिधित्वको आरक्षण व्यवस्था विभिन्न कारण देखाई हटाईएकोमा आरक्षण कम्तिमा ४५ प्रतिशतको सुनिश्चितता गरिनुपर्ने र नेपालमा विद्यमान रहेका सबै समूदायको मातृभाषा, भाषा, लिपी अध्ययन अध्यापन र अनुशन्धान गर्न विशिष्ट प्रकारको भाषा विश्वविद्यालय स्थापना गर्नुपर्ने रहेका छन् ।

कार्यक्रममा समितिले बुझाएको मागपत्रमा समर्थन जनाउँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले सबैभन्दा धेरै जनसंख्या रहेको खस समुदाय अन्यायमा परिरहेको बताएका छन् । त्यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारु, खम्बुवान राष्ट्रिय मोर्चा केन्द्रीय समितिका अध्यक्ष आर.के. खम्बु, थरुहट थरुवान राष्टिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु, मंगोल नेश्नल अर्गानाईजेशनका केन्द्रीय सदस्य जीवन मंगोल, मगरात संघर्ष समितिका संयोजक राम मगर र नेपाल राष्टिय परिषद केन्द्रीय समिति संयोजक अशोक महर्जनले समितिले अघि सारेका मागमा ऐक्यबद्धता जनाउँदै खसकाे माग प्रति सरकार गम्भीर हुन अाग्रह गरेका छन् ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।