झापा । झापाको दमकबाट प्रतिबन्धित लागु औषध ब्राउनसुगरको कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् ।
आज बिहान ११ः३० बजे दमक नगरपालिका वडा नं ९ दिपज्योति उराउ टोल बस्ने ३० वर्षीया रुपा चौधरी भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर कोठामा लागूऔषध ब्राउनसुगर किनबेच गर्ने गरेको जानकारी प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनको घरभित्र खानतलासी गर्दा उनको कोठाभित्र पलङमुनि लुकाई राखेको ५ वटा प्लाष्टिकको पोकामा ३५ ग्राम ब्राउनसुगर जस्तो देखिने मिसाईलो पदार्थ र नगद ७४ हजार ६१५ रुपैयाँ बरामद गरेको हो ।
उनलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।