ताप्लीजोङ। मञ्च अन्तर्गतको संघीय लिम्बवान मञ्च, नेपाल ताप्लीजोङ जिल्ला कार्य समितिको घरदैलो कार्यक्रम संगै टोलटोलमा लिम्बुवान संगठित हुँदै गएको जानकारी प्राप्त भएको छ ।
बुधबार साँझ आठराई–त्रिवेणी गाउँपालिका ३ साविक हाङपाङ ९ मावाथोकमा मञ्चका उपाध्यक्ष विष्णु तुम्बाहाम्फे, केन्द्रीय सचिवलाय सदस्यद्वय मुक्साव लावुङ र नविन पोमू, जिल्ला सचिव अशोक मादेन जिल्लाका युवा नेताहरु मिलन यक्सो, विनय आङ्बुहाङ्, ज्ञानेन्द्र यक्सो, शेरहाङ माबोहाङ् लगायतका नेताहरुको उपस्थितिमा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।
![](http://www.samadarshisanchar.com/wp-content/uploads/2020/10/122311353_974552136377630_2229401321002524520_n.jpg)
उक्त घरदैलो कार्यक्रमको अवसर पारेर लिम्बुवान मञ्चले सञ्जय लिम्बुको अध्यक्षतामा ११ सदस्यीय मावाथोक टोल समिति गठन गरेको छ ।
मावाथोक टोल समितिको उपाध्यक्षहरुमा छत्र लिम्बु, सुनिता लिम्बु, सचिव प्रेमबहादुर रसाइली, सहसचिव कुशल लिम्बु, अर्थसचिव रनबहादुर राना मगर, सदस्यहरुमा ज्ञानबहादुर हाङबाङ, टिका बि.क., बुद्धिबहादुर बि.क., प्रदिप बि.क.र मान बहादुर बि.क. रहेका छन् ।