बिहिबार, १३ बैशाख, २०८१ 

चार पुस्ताको हत्या गरेका लोकबहादुर कार्कीलाई प्रहरीले गर्यो सार्वजनिक

एकै परिवारका ६ जनाको ह’त्या आरोपी लोकबहादुर कार्कीलाइ सार्बजनिक गरिएको छ । प्रहरीले मादी ह’,त्या’का,ण्डमा सं’लग्न अ’भियुक्तलाई भर्खरै सार्वजनिक गरेको हो । प्रहरीले एकै परिवारका ६ जनाको ह’,त्या गर्ने लोक बहादुर कार्कीलाई आज इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हो ।

अभियुक्त कार्कीलाई प्रहरीले चैनपुर ल्याइएको थियो । मादी नगरपालिका–१ उमलिङमा गत सोमवार बिहान एकै परिवारका ६ जनाको ह’,त्या भएको थियो ।ह’,त्यामा सं’लग्न भएको आ’रोपमा प्रहरीले शनिवार बिहान अ’भियुक्त लोक बहादुर कार्कीलाई पक्राउ गरेको थियो ।

अ’भियुक्त कार्कीले ६ जनालाई नै आफुले ह’,त्या गरेको स्विकारेका छन । उनी मृ’तकका परिवारका ना’ती पर्छन ।लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको ह’ ‘त्यामा आफ्नो सं’लग्नता स्वीकार गरेको अनुसन्धानमा सं’लग्न अधिकारीले बताएका छन्।

तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्या’न लि’एको बताएको जनाइएको छ। रणबहादुरका अनुसार छोरा (लोकबहादुर)ले ‘हजुरआमा (पार्वता) बि’रामी हुनुहुन्छ अरे, हेर्न जाऊँ’ भनेका थिए। त्यसपछि जाने क्रममा लोकबहादुर एक्कासि ‘मेरो बडीबुबा’ भनेर चि’च्याए।

छोराले तेजबहादुर सडकको भित्तामा मृ’त अवस्थामा देखेको रणबहादुरले प्रहरीसँग बताएका थिए। त्यसपछि लोकबहादुरले नै बडीआमा कमला र भाउजू रञ्जनाको श’व देखेको बताएको जनाइएको छ। उनीहरू बाबुछोराले नै तेजबहादुर, कमला र रञ्जना मृ’त भेटिएको खबर गाउँलेलाई गरेका थिए।

अरूको श’व देख्नुभन्दा पहिले छिमेकीले पार्वतालार्ई मु’च्र्छा परेको होला भनेर घरमा लगेर राखेको जनाइएको छ। उनमा बेला–बेला बे’होस भइरहने स’मस्या थियो। प्रहरी पुग्दा उनको श’व ओछ्यानमै थियो। उनका पति बौदमानले घटनाबारे चाल नपाएको बताए। बौदमान कान कम सुन्ने, आँखा मधुरो देख्ने जनाइएको छ।

तेजबहादुरको श’व सडकछेउ घो’प्टो परेको, कमला र रञ्जना घरनजिक खोल्सीमा अनि दीपेन र गोमा घरमाथि खरबारीमा मृ’त भेटिएका थिए ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, संघीय प्रहरी इकाइ धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितका अधिकारी अनुसन्धानमा खटिएका थिए।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।