शुक्रबार, १६ चैत, २०८० 

जो चोर उसकै ठुलो स्वर: सबैभन्दा पहिले ला’स देखेको मैले हो भन्दै यसरी बोलेका थिए लोकबहादुरले मिडियामा ( भिडियो )

सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १ उम्लिङका कार्की परिवारको घटनामा सं’लग्न एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले छिमेकी २६ बर्षीय लोकबहादुर कार्कीले आफ्नै बन्धु परिवारको ह’ ‘त्या गरेको पुष्टि गर्दै पक्राउ गरेको हो ।

पक्राउ पर्ने कार्कीले आफैले ६ जनाको ह’ ‘त्या गरेको स्वीकारेको अनुसन्धानमा सं’लग्न एक प्रहरी अधिकारीले जानकारी दिनुभयो । कार्कीले ब्यक्तिगत रिसिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरलाई मा’रेको स्वीकारेको प्रहरीले जनाएको छ । ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हे’पेर बोली ब्यावहार गरेकोले ज्या’न लिएको कार्कीले स्वीकार गरेको बताईएको छ ।

तेजबहादुरको ह’ ‘त्या गर्ने क्रममा अरु सदस्यहरु पनि आएपछि सवैको ह’ ‘त्या गरेको उनले स्वीकारेका हुन् ।२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो । कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताउनुभयो ।

‘म’रेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, कराउँथे यहि पारा हो भने त मेरो पनि ज्या’न जोखिममा रहेछ’, थापाले भन्नुभयो ।गत चैत २६ गते आमा बितेपछि बुवा र भाई सहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । ह’ ‘त्या गरिएको तेजबहादुरको घरमा उनको आमा बे’हो’स भएपछि उपचारको क्रममा झापामा मृत्यू भएको थियो ।

उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् ।ह’ ‘त्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो । लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा ल’डि’र’हेको देख्ने पहिलो व्यक्ति भनिएको थियो ।

त्यसैले रिपोर्टिङका लागि पुग्नेहरुले उनलाई खोजे । उनले पनि घटनाबारे अन्तर्वार्ता दिएका छन्, जसका क्रममा बाहिरकै मान्छे आएर ह’ ‘त्या गरेको आ’शं’का गरेका छन् ।‘बडाउ(तेजबहादुर) को दु’श्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शं’का’को मान्छे कोही छैन मेरो विचारमा ।’

तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘रिसइबीले नै हो कि जस्तो छ । यो घटना ग’म्भीर छ ।’डराएको जस्तो देखिने उनले अन्तर्वार्ताका क्रममा राति सुत्न पनि नसकेको बताएका छन् ।

उनी ह’ ‘त्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे। झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको ह’ ‘त्या गर्लान्? सुरूमा त प्रहरी नै अन्योलमा थियो। प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन।

जिल्ला नै ‘सि’ल’ गर्दा पनि शं’का’स्पद मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो। सोधपुछ गर्दा भने उनी ‘अनकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।

‘सुरूदेखि नै हामीले लोकबहादुरलाई शंकामा राखेका थियौं, तर प्रमाण केही पनि फेला परेन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘लोकबहादुरको घरमा जब घटनामा प्रयोग भएको लुगा भेटियो, त्यसपछि भने प्रहरी उनलाई नियन्त्रणमै राखेर सोध्न थालेको थियो।’

लुगा भेटिएपछि उनीसँग प्रहरीले बयान लिन थालेको थियो। शुक्रबार राति भने नियन्त्रणमै लिएको थियो। भिडियो

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।