काठमाडौ – चर्चित गायिका सुनिता थेगिम र गायक तथा संगीतकार सेमिहाङ सिंगकको स्वरमा लिम्बू भाषाको गीत “साम्याङफुङ” सार्वजनिक भएको छ ।
गायक सेमिहाङकै शव्द तथा संगीतमा रहेको उक्त गीत टेकेन्द्र याक्सोको एरेन्ज किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
युगल पोमुद्वारा निर्देशित लिम्बू भाषाको म्युजिक भिडियो ‘साम्याङफुङ’ मा मौशम इम्बुङ “फुलन्देको बाउ” र रेखा फागोले अभिनय गरेका छन् भने प्रेम सुब्बा र दिनेश माङमुको समेत अभिनय रहेको छ ।
भुपेन्द्र तुम्बाहाङफेको छायाँकन, लोकेश थापाको मेकअप र दिनेश माङमुको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन तथा कलरिङ गरेका हुन्।