शुक्रबार, ०८ असोज, २०७८ 

नगर सभापतीमा सुसेलीको उम्मेद्धारी घोषणा

 

नेपाली कांग्रेसको आसन्न १४ औँ महादिवेशनमा इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका छन् ।

इलाम नगरपालिका वडा नम्वर ९ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्वर एकका निवर्तमान उपाध्यक्ष तथा पत्रकार महासंघ इलाम शाखाका संस्थापक सचिव समेत रहेका सुसेली पूर्व सभापती समेत हुन् । उनी २०४५ सालदेखी नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन् । नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका सुसेली २०५३ साल देखी नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत रहेर काम गरिरहेका छन् ।

रेडियो नेपालवाणी एफएमका स्टेसन मेनेजर समेत रहेका सुसेली नेपाली कांग्रेसको बिभिन्न उपसमितिमा सक्रिय रहँदै आएका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले उनलाई कोभिड १९ को इलाम जिल्लाको सूचना संयोजकको जिम्मेवारी दिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय समिति अन्तर्गतको अनुसन्धान तथा अनुगमन उप समितिको समैत जिम्मेवारी सम्हाली रहेका छन् ।

साथै नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर एकका संयोजक समेत रहेका छन् ।

उनले यस अघि स्थानिय प्रदेश र संघिय निर्वाचनमा नेपाली कांग्रेसको प्रचार समिति संयोजक भएर काम गरेका छन् ।

सम्बन्धित समाचार

फाल्गुनन्द साकोसको अध्यक्षमा पुन: लिङ्देन निर्वाचित

दमक । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थ लि. को अध्यक्षमा पुन: संकल्प लिङ्देन (पदम) निर्वाचित भएका छन । दमकको कास्मिक पार्टी प्यालेसमा बिहीबार सम्पन्न १० औ साधारण सभा पछि नया नेतृत्वको लागि अध्यक्ष र...

भ्रामक र तथ्यहिन प्रचारका पछि नलाग्न शेयर सदस्यलाई अध्यक्ष लिङ्देनको अपिल

  दमक, ६ असोज /  दमकको पुरानो तथा चर्चित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था १०औं बार्षिक साधारणसभाबाट नेतृत्व छनौट गर्ने तयारीमा जुटेको छ । संस्थाले सहमतिमा नेतृत्व छान्ने कसरत गरेपनि सहमति जुट्न सकेको छैन...

पैसाकै कारण ललितपुरबाट पक्राउ परे ३२ वर्षीय हिरालाल

उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन...

अलैंची पाकेपछि लमजुङका किसानलाई छोडाउन र सुकाउनको चटारो, अलैंची खेलिबाटै १८ करोड २० लाख गरे आम्दानी

एजेन्सी-चर्चित बलिउड अभिनेत्री दिशा पटानीलाई दिल्लीमा एक फ्यानले लगातार पिछा गरेर हैरान बनाएपछि अंगरक्षक राख्ने निर्णय गरेकी छिन् । विज्ञापन सुटिङका लागि दिल्ली पुगेकी उनलाई एक अपरिचित व्यक्ति पछि पछि लागेर हैरान बनाएपछि दिशाले यस्तो...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।