शुक्रबार, ०७ बैशाख, २०८१ 

एमसीसीको बिरोध गरे सिधै जेल हाल्ने सरकारको चेतावनी

काठमाडौँ ।बगृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अमेरिकी सरकार एमसीसीको नामै नलिइ त्यसको बिरोध गरे सीधै जेल हाल्ने चेतावनी दिएका हुन । विज्ञप्तिमा बिरोधीहरू माथि सरकारले सूक्ष्म निगरानी गरिरहेको पनि बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरूको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिबिधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ । त्यस्ता अभिव्यक्ति र गतिबिधिको मन्त्रालयले सूक्ष्म रूपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिबिधि गर्ने उपर प्रचलित कानुन बमोजिम कडा कारबाही समेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

नेपाली युवा जयसिंह धामी तुइनबाट तर्नेक्रममा तुइन नै काटेर धामीको हत्या गर्ने एसएसबीको बारेमा एक शब्द नबोल्ने र उल्टै समाचार नलेख्न आदेश जारी गर्ने सरकारले फेरि एमसीसीको बारेमा चेतावनीयुक्त विज्ञप्ति जारी गरेको हो ।

अमेरिकी सरकार र एमसीसी परियोजनाका बारेमा नामै नलिइ धम्कीपूर्ण भाषामा लेखिएको विज्ञप्तिमा धेरै चासो जनाएका छन। सरकारले विज्ञप्ति निकाल्नु केहीदिन यता एमसीसीको बारेमा चाैतर्फी बिरोध भैरहेको छ । नागरिकहरूले सामाजिक सञ्जालमा गो ब्याक एमसीसीको नारा घन्काउन थालेका छन ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रता र व्यक्ति स्वतन्त्रता समेत कुण्ठित गर्ने गरी गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिका विषयमा विगतमा नागरिक समाज र नागरिक अधिकारको गफ दिँदै सडकमा निस्कने कथित नागरिक समाजका सदस्यहरूले केही प्रतिक्रया दिएका छैनन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।