शुक्रबार, १६ चैत, २०८० 

बन्जीजम्प गर्ने क्रममा युवतीको मृत्यु

साहस र नेपाली एकअर्काको पर्यावाची जस्तै मानिन्छ । विश्वमा नेपालीलाई चिनाउने एउटा विशेषण हो, साहसी । अर्थात वीर । चाहे सर्वोच्व टाकुरा सगरमाथा उक्लने कुरामा होस् वा फोकल्यान्डको टापुमा यु’द्ध ल’ड्ने, नेपालीले वीरताको गाथा रचेका छन् ।

यस्ता खेलको अनेकन विकल्प छन्, जहाँ विछट्टैको रोमाञ्चकता छ । यी खेल खेलिरहँदा तपाईंको मुटु काँप्छ । जीवनलाई चुनौतीमा ढाल्नुहुन्छ, बेग्लै रोमाञ्चकता प्राप्त गर्नुहुन्छ भने यो खेल खेल्नु होला । तपाईं साहसी हुनुहुन्छ र तपाईंको मुटु कमजोर छैन भने बन्जी जम्पको अनुभव लिनुहोस् । पक्कैपनि यो निकै साहसिक खेल हो ।

यद्यपी बन्जी जम्प गर्नका लागि तपाईंको इच्छा मात्र काफी छैन । शारीरिक अवस्था पनि राम्रो हुनुपर्छ । मानसिक एवं शारीरिक परीक्षणपछि नै बन्जी जम्पको लागि तपाईंलाई योग्य मानिनेछ । यो खेल अहिले विश्वका धेरै ठाउँमा खेलिन्छ भने नेपालका केहि जिल्लामा पनि यो खेल खेलिने गर्छ ।

यसै क्रममा बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्या’न ग’एको छ । बन्जीको डोरी नै न’बाँधीकन ती युवतीले हा’म्फालेपछि यो घटना भएको हो । साहसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ लोकप्रिय छ । तर, सावधानी नअपनाउँदा मनोरञ्जनको साटो मृत्यु प्राप्त हुने कुरा गएकाे आइतबार घटेको कोलम्बियाको उक्त घटनाले पुष्टि भएको छ ।

समाचार एजेन्सीहरुको अनुसार कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनियामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो । बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हा’म्फालेको पाइएको डेली मेलले जनाएको छ ।

उनी बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक इशाराबाट भ्रमित उनले हा’म्फालेकी थिइन् । उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घटनास्थल पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ ।

मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृ’दयघा’तका कारण उनको मृत्यु भएको पुष्टि भएको छ । बन्जी कर्ड (डोरी) न’बाँ’धीकनै हा’म्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृ’दयघा’त भएर उनको मृत्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।

जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हा’म्फा’ल्ने सं’केत गरेका रहेछन् । तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बुझेर हतारमै हा’म्फा’लि’नछ’न्, जबकि उनकाे खुट्टामा डाेरी नै बाँ’धिए’काे थिएन । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने कोसिस गरेको भए पनि असफल भएको बताइएको छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।