बुधबार, १९ मंसिर, २०८१ 

वडा सभापती भएकी १९ वर्षिय किशोरीको सामाजिक संजालमा चर्चा

स्वस्तिका कुमारी महत अहिले सामाजिक संजालमा चर्चित भएकी छिन् । नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट दैलेखको दुल्लु नगरपालीका ३, को वडा सभापतिमा निर्वाचित भएपछि उनको चर्चा शुरु भएको हो ।

दुल्लु नगरपालिका प्रमुख एवं कांग्रेसका नेता घनश्याम भण्डारीका अनुसार युवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने कांग्रेसको मान्यता भएकोले शुक्रबार सम्पन्न भएको अधिवेशनबाट महतलाई वडा सभापतीका निर्विरोध निर्वाचित गरिएको हो ।

स्वस्तिका नेपाली कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंग महतकी छोरी हुन् । वडा सभापतीमा निर्वाचित भएकी महत सामाजिक संजालमा भाइरल भएकी त छिन् नै साथै विपश्री दलले समेत यो कार्यको प्रशंसा गर्दै आएका छन् ।

सम्बन्धित समाचार

चिया ऐन बनाउन सभामुख घिमिरेको ध्यानाकर्षण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्वोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाह भएकोमा आश्चर्य प्रकट गर्दै समस्या...

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।