आइतबार, ११ चैत, २०८० 

अत्यधिक जनघनत्व भएको क्षेत्र तराई नजिकै रहेको छ ‘तीनथुम्की डाँडा’ । “म उभिएको पहाड” कथा संस्मरण कथा संग्रह समाप्त

त्यतिबेला चिसोपानी पञ्चमी बजारमा रहेको जनज्योति बोर्डिङ्ग स्कूलको शिक्षक ललीतकुमार लावतीले तीनथुम्की डाँडाको रङ्गीन छेपाराका बारेमा रेडियो नेपालको एउटा कार्यक्रममा जानकारीमूलक लेख पठाउनुभएको थियो । रेडियो नेपालबाट प्रसारण भएको त्यो लेख समय सान्दर्भिक थियो ।

एक तीनथुम्की जाँदा गाडा खैरो रङको छेपारो देखेको थिएँ । ढुङ्गामा हलचल नगरी टाँसिएर बसिरहेको त्यो सानो छेपारोले श्वास फेरेको पनि देखिन्थ्यो । त्यो भन्दा पहिले कहिले पनि त्यस्तो सानो प्रजातिको छेपारो कतै पनि देखेको थिइनँ । आजसम्म पनि देखेको छैन । दुर्लभ प्रजातिको छेपारो भएकोले होला । तीनथुम्कीमा विगतमा पाइने छेपारा झन्डै २ इन्च लम्बाइ र ३ से.मि. जति मात्र गोलाई भएको थिए । खुट्टाहरु फट्याङ्ग्राको जस्तो देखिन्थ्यो । चिल्लो नरम छाला र चम्किलो आँखाहरु थिए ।

त्यसपछि ७÷८ बर्षको अनतरालमा अचानक त्यहाँ पुगेर त्यो चेपमा हेर्दा त्यहाँ छेपारो देखिएनन् । चेप सुनसान थियो. । अरु ५÷६ वर्ष पछि त्यहाँ पुग्दा ती भिन्न प्रजातिका छेपारो बस्ने ढुङ्गाको चेप नै थिएन । कुन बद्मासले भत्काइ दिएछ । नरमाइलो लाग्यो । अघिल्लो पटक चेपमा छेपारो हेर्न नपाउँदा त्यति धेरै नरमाइलो लागेको थिएन । छेपारो बस्ने चेपको कुनै निशानी नै रहेन अब त । दुःखका साथ स्वीकार्न परेको छ– पर्यटकहरुका लागि एउटा आर्कषणको केन्द्रविन्दु सदाका लागि समाप्त भयो ।

अत्यधिक जनघनत्व भएको क्षेत्र तराई नजिकै रहेको छ ‘तीनथुम्की डाँडा’ । जुन फाल्गुनन्द मार्ग हुँदै पहाड चढ्दा सबै भन्दा पहिले भेटिने सुन्दर र रमणीय पहाडी बजार चिसोपानी पञ्चमीको नजिकै अवस्थित छ । तराईमा अत्यधिक गर्मी मौसम हुँदा पनि चिसोपानी पञ्चमी, रवि, रक्से र माङमालुङ जस्ता ठाउँहरुमा भने सिरक ओढेरै सुत्नुपर्दछ । त्यसैले तराईका बासिन्दाहरुका निम्ति गर्मी छल्ने महत्वपूर्ण विकल्प हुन सक्नेछन् यी ठाउँहरु । त्यसरी आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले प्राकृतिक दृश्यावलोकन गर्नका लागि तीनथुम्की, माङमालुङ, ढयाङगुरे, मिकलाजुङ, हस्टे चियाबारी, सेनचेलेङ चियाबारी, जरीबुटे डााडा, याङ्रुङ् झरना लगायतका रमणीय स्थानहरु रहेका छन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।