लागि शुद्ध गराई देऊ भन्दै बिन्ती बिसाउँथे । म चुपचाप सुनी मात्र रहन्थें । दोहोरो बात गर्न नमिल्ने कारणले म तिनीहरुसँग बात गर्थिनँ ।’
ठाकुरदासले यस्तो उत्तर दिनुभएछ ।
त्यसपछि ठाकुरदासले त्यो गाउँ छोडेर गए । अहिलेसम्म उनका बारेमा कुनै थाहा छैन । कता छन्, के गर्दैछन् भन्ने कुरा अन्योलमै रहेको छ ।
जस्मनी धर्म ‘रवि पञ्चमी’ क्षेत्रमा भिœयाउने पहिलो गुरु नारायणदास राई थिए । अनुयायीहरुले उनलाई ऐतिहासिक व्यक्तित्व, समाज सुधारकको रूपमा मान्ने गर्दथे । त्यसपछि लक्ष्मणदेसी दास, हर्कजीत थरी लगायतका महŒवपूर्ण व्यक्तित्वहरुको समाधिस्थलहरु पनि ढ्याङ्गुरे डाँडामै रहेको छ ।
जस्मनी धर्म मान्ने भक्तजनहरु अहिले पनि त्यो क्षेत्रमा बसोवास गर्दछन् । जनसंख्याको हिसाबले अल्पमतमा रहे तापनि धर्म संस्कारलाई निरन्तरता दिईरहेकै छन् । गुरु नारायणदास ओझेल पर्दै गएको महसुस हुन्छ । उनको समाधिस्थल यति गुमनाम हुँदै गएको छ कि कतिपय जस्मनी धर्मका अनुयायीहरुलाई समेत ढ्याङ्गुरे डाँडामा छ भनेर थाहा छैन । जस्मनी धर्मको प्रचार भएको भए, धर्मावलम्बीहरुको बाहुल्यता भएको भए सायद गुरु नारायणदासको समाधिस्थल ढ्याङ्गुरे डाँडालाई महŒवपूर्ण तीर्थाटनका रुपमा विकास गर्ने आधार त पक्कै बन्ने थियो ।
मानवीय चिन्तन र सोचबाट नै मान्यता र सिद्धान्तको निर्माण हुन्छन् । त्यही मान्यताबाट विभिन्न सीमानाहरु कोरिन्छन् भूगोलमा । ढ्याङ्गुरेमा राई, लिम्बू, दमाइ, कामी, तामाङ, मगर सबै जाति र समुदायका मानिसहरुको चिहान एकै ठाउँमा छन् । त्यहाँ जातीय विभेद्, लैङ्गिक विभेद् केही पनि छैन । त्यहाँ छ समानता, त्यहाँ छ सहिष्णुता । ठीक त्यसरी नै ढयाङ्गुरेमा गुम्बा र मस्जीतहरु भए कति राम्रो हुन्थ्यो । किनकि बगैंचामा जति धेरै रङ र प्रजातिका फूलहरु फूल्दछन्, उति नै त्यो बगैंचाको शोभा बढ्दछ । तसर्थ ढ्याङ्गुरे डाँडामा हिन्दु, मुस्लिम, इसाई, बौद्ध, किरात, जस्मुनी, तपस्वी लयायत सबै धर्मको गन्तव्य स्थल बनाउन सके कति राम्रो हुने थियो । र त्यहीँबाट शुरु हुने थियो विश्व शान्तिको उद्घोष ।
सम्झन्छु म, मानवीय सोचाइहरु आकाश जस्तै फराकिलो बनाइनु पर्दछ । ढ्याङ्गुरेको डाँडामा मन्दिर, गुम्बा, माङहिम, माङखिम, मस्जीद र चर्चहरु सँगै भए कति मनमोहक देखिने थियो त्यो दृश्य । अलग समुदायलाई जोड्नु छ भने शुरुमा धार्मिक सहिष्णुताले जोड्नु पर्दछ । जब एकले अर्कालाई धार्मिक सम्मानसहित स्वीकार गरिन्छ । तबमात्र मेलमिलाप दिगो हुन्छ । तब मात्र विश्वमा शान्ति छाउँनेछ ।
ढ्याङ्गुरे डाँडाको आफ्नै कथा छ । एउटा इतिहास बोकेर पनि गुमनाम हुनुको आफ्नै पीडा छ । भलै यस डाँडालाई काखैमा खेले हुर्केर ठाउँमा पुगेकाहरुले बिर्से होलान् । तर यस डाँडाले आफ्नो धर्म कहिले छोडेको छैन ।
पश्चिमी पाटोमा ढ्याङ्गुरेकै अङ्गको रूपमा रहेको ‘सानोथुम्की डाँडा’ छ । जस्लाई ‘लाकटाट भुरु’ नामले पनि चिनिन्छ । ‘लाकटाट भुरु’ राई बान्तवा भाषा हो । यसको अर्थ ‘सोला पासो थाप्ने डाँडा’ हुन्छ । विगतमा त्यहाँ राई समुदायका मानिसहरु साकेला थान बनाएर मङ्सिरे पूर्णे र वैशाखे पूर्णे (उधौली र उभौली पर्व)को अवसरमा साकेला नाच्ने गर्दथे । आजकल त्यहाँ साकेला नाच्न छाडिएको छ । अझै पनि साकेला थान भएको स्थानहरु रमणीय र सुन्दर छन् । त्यहाँ फेरि पनि